तुलसीपुर , साउन १६ । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले बिहीबारदेखि जिम्मेवारीबाट बिदा लिएका छन् ।
लुम्बिनीका सभामुख तुलाराम घर्ती मगरले प्रदेश प्रमुख शेरचनले बुधबारदेखि जिम्मेवारीबाट बिदा लिएको बताएका छन् ।
बुधबार प्रदेश प्रमुख शेरचनलाई बुटवलस्थित कार्यालयमा पुगेर सभामुख घर्तीले बिदाइ गरेको थिए ।
सोमबार मात्रै नेपाल सरकारको मन्त्री परिषद बैठकले नेकपा माओबादी निकटका मानिने शेरचनलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
मन्त्री परिषद बैठकले शेरचनको ठाउँमा रोल्पाका काँग्रेस नेता कृष्णबहादुर घर्ती मगरलाई प्रदेश प्रमुख बनाउने निर्णय गरि सकेको छ । नयाँ प्रदेश प्रमुखको सफथ भने अभैmं भइ सकेको छैन ।
प्रदेश प्रमुख शेरचनले मंगरबार मात्रै आफ्नो बुटवलस्थित कार्यालयमा पत्रकार सम्मेलन गरि आँफुलाई हटाइएको प्रति असन्तुष्टि जाहेर गरेका थिए ।
सभामुख घर्तीले प्रदेश प्रमुख शेरचनलाई पाल्पाली ढाका टोपी, करुवा र प्रदेशको ऐन संग्रह उपहारसहित प्रदान गरेको जानकारी दिएका छन् ।