तुलसीपुर , साउन १५ । परिवर्तित राजनीतिक समिकरणका कारण यतिखेर लुम्बिनी प्रदेशमा सबैभन्दा ठूलो क्षति नेकपा माओबादी केन्द्रालाई हुने देखिएको छ ।
प्रदेशको सबै भन्दा ठूलो दल नेकपा एमालेका २९ र दोस्रो ठूलो दल नेपाली काँग्रेसका २७ प्रदेशसभा सदस्य थिए । तरपनि यो प्रदेशमा सभामुखसहित जम्मा ११ सदस्य रहेको माओबादीले सबै भन्दा ठूलो लाभ उठाइ रहेको थियो । ऊ कहिले एमाले र कहिले काँग्रेसको बुई चढेर सत्ताको भोगमा रमाइ रहेको थियो ।
रत, पछिल्लो समय नयाँ सत्ता समिकरण निर्माण भएसंगै सबै भन्दा बढी क्षति माओबादीले नै बेहोर्नु पर्ने निश्चित भएको छ ।
प्रदेशको तेस्रो सानो दलले अनेकन सत्ता फेर बदलको अवशर छोप्दै लुम्बिनीमा सत्ताको भोग विलाश गरि रहेको स्थिति यतिखेर उल्टिएको छ ।
नेकपा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री हुनुभन्दा पहिला नेकपा माओबादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री थिए ।
तर, नेपाली काँग्रेस र नेकपा एमाले बीचको सत्ता समिकरणका कारण जोखबहादुर महरा हनिमुनको पीरियडपनि राम्रो संग मनाउन नपाउँदै सत्ताको बागडोरबाट हट्नु परेको छ ।
अहिले महरा मात्रै हट्ने छैननन् केही दिनमा माओबादी निकटकै मानिने प्रदेश प्रमुख अमिक शेरचनपनि हटाइने लगभग पक्का भइ सकेको छ । सोमबारको मन्त्री परिषद बैठकले शेरचनलाई फिर्ता बोलाउने निर्णय गर्नुुका साथै रोल्पाका काँग्रेस नेता कृष्णबहादुर घर्ती मगरलाई प्रदेश प्रमुख बनाउनका लागि नाम सिफारिस गर्ने निर्णय गरि सकेको छ ।
अहिलेको सत्ता साझेदार दलहरु काँग्रेस र एमालेको संघको प्रतिनिधिसभामा जस्तै लुम्बिनी प्रदेशसभापनि स्पष्ट बहुमत छ । उनीहरुले चाहेमा माओबादी निकटका मानिने प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरलाई परिवर्तन गर्न सक्छन् ।
अझै उनीहरु अगाडि बढेर दुई तिहाइको सहयोगमा सभामुखपनि परिवर्तन गर्न नलाग्लान भन्न सकिदैन ।
त्यस्तो अवस्था आएमा लुम्बिनी प्रदेशमा कायम रहेको माओबादीको बचश्व खलबलिने छ । जस्ले गर्दा चेक एण्ड ब्यालेन्सको यसअघिको राजनीतिमा भारी उतारचढाब आउने छ ।
प्छिल्लो पटक माओबादी भित्रको कहिले काँग्रेस र कहिले एमालेलाई च्याप्ने तथा उपयोग गर्नै दाउपेचको राजनीतिका कारण माओबादी अप्ठेरोमा पर्ने देखिएको छ । जस्ले गर्दा माओबादीले लुम्बिनीमा सत्ता सन्तुलन मात्रै गुमाएको छैन आँफुले सहजै प्राप्त गर्दै आएको सम्मानजनक हैसितपनि गल्र्याम्म ढल्न पुगेको छ ।
रोल्पाकै एक जना माओबादी नेताले प्रचण्डको उपयोगिता बादी सोच र आँफु जसरीपनि सत्तामा रही रहने भाउन्नका कारण माओबादीको विश्वास धर्मराउने अवस्थामा पुगेको बताए ।
