२०८३ साउन २८ गते बिहिवार

यस्ता छन्, तेस्रो जिल्ला सभाले पास गरेका निर्णयहरु…

फाइल फोटो

दाङ, जेठ २६ । जिल्ला समन्वय समिति दाङको तेश्रो जिल्ला सम्मेलन शनिवार भएको छ । जहाँ जिल्ला सभाले पास गरेका नियर्णयहरु प्रस्तुत गरिएको थियो । संक्षेपमा हेर्नुहोस –के कस्ता विषयहरु सभाले पास गरेको ?

निर्णय न. १ः दाङ देउखुरी उपत्यका चक्रपथबाट जोडी यातायाताको सुगमता बढाउन आवश्यक देखिएकाले चक्रपथ निर्माण योजना अगाडी बढाउन प्रदेश र संघीय सरकारसँग माग गर्ने निर्णय गरियो ।

निर्णय न. २ः दाङ जिल्लामा सञ्चालित टरिगाउँ विमानस्थलको स्तरोन्नती गर्ने र घोराही उपमहानगरपालिका १० नारायणपुरमा अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्न संघीय सरकार समक्ष माग गर्ने निर्णय गरियो ।

निर्णय न. ३ ःमाडी डाईभर्सनबाट जिल्लामा विद्युत उत्पादन र सिंचाइका लागि उत्तरतर्फबाट पुर्व पश्चिम विशाल नहर निर्माणगरी सिंचाईको तथा खानेपानीको आवश्यक प्रवन्ध मिलाउन संघीय सरकार समक्ष माग गर्ने निर्णय गरियो ।

निर्णय न. ४ः दाङ देउखुरी उपत्यकालाई यातायाताको सहज पहुज पुराउन उपयुक्त स्थानमा सुरङमार्ग निर्माण गर्न संघीय सरकार समक्ष माग गर्ने निर्णय गरियो ।

निर्णय न. ५ः देउखुरीमा सञ्चालित बड्का पथ तथा प्रगन्ना सिंचाईलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने कार्यलाई निरन्तरता दिन प्रदेश र संघीय सरकार समक्ष माग गर्ने निर्णय गरियो ।

निर्णय न. ६ः.विग्रदो वातावरणीय अवस्थालाई न्युनिकरण गर्न आवश्यक कार्यक्रम सञ्चालनको लागि संघीय सरकार समक्ष अनुरोध गर्ने निर्णय गरियो ।

निर्णय न.७ः दाङ जिल्लामा सञ्चालित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल तुलसीपुर तथा लमहीमा स्थापना गरिने ट्रमा सेन्टरको आवश्यक व्यवस्थापनगरी स्वास्थ्य सेवा प्रभावकारी बनाउन संघीय सरकार समक्ष माग गर्ने निर्णय गरियो ।

निर्णय न ८ ः प्रत्येक पालिकामा संचालित सामुदायिक विद्यालय मध्ये एक÷एक विद्यालयलाई नुमना प्राविधिक विद्यालय संञ्चालन गर्न संघीय सरकार समक्ष अनुरोध गर्ने निर्णय गरियो ।

निर्णय न. ९ः दाङ जिल्लाको देउखुरी उपत्यकामा बग्ने राप्ती नदीको दुवैतर्फ तटबन्धनको कार्य र दाङ उपत्यकाको बबई नदीको दुवैतर्फ तटबन्धन कार्यलाई निरन्तरता दिने निर्णय गरियो ।

निर्णय न. १०ः जिल्ला समन्वय समितिमा कार्यरत तत्तकालिन (जिविस)का कर्मचारीहरु अवकाश भई गएका सई चेतबहादुर बुढाथोकी, कार्यालय सहयोगी शंकर भारती र कार्यलय सहयोगी रामसुन्दर खत्रीले हालसम्म सेवा सुविधा पाउन नसकेको सन्दर्भमा स्थानीय स्वायत्त शासन नियमावली बमोजिम प्राप्त हुने सेवा सुविधाको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरियो ।

निर्णय न.११ः जिल्ला समन्वय समितिको अनुगमन गर्ने कार्यलाई समयानुकुल प्रभावकारी बनाउन कार्यालयमा रहेका सवारी साधनबाट सम्भव नभएकोले सवारी साधन उपलब्ध गराउन प्रदेश र संघीय सरकार समक्ष माग गर्ने निर्णय गरियो ।
निर्णय न. १२ः दाङ विकास सल्लाहकार परिषदले तयार पारेको दाङ जिल्लाको विकास व्यवस्थापनको मोडेल(नमुना)लाई आत्मसाथगरी सवैपालिकाहरुको विकास व्यवस्थापनमा क्रमश लागु गर्दै जाने र ‘सम्पन्न जनता समृद्धि दाङ’को दुरदृष्टिमा पुग्ने उदेश्यलाई सफलीभुत बनाउने निर्णय गरियो ।

निर्णय न. १३ः दाङ विकास सल्लाहकार परिषदको कार्यविधिमा विज्ञ सदस्य संख्या ७ लाई संसोधनगरी ११ कायम गर्ने निर्णय गरियो ।

निर्णय न.१४ः हालसम्म जिल्ला समन्वय समितिबाट भए गरेका निर्णयहरु अनुमोदन गर्ने निर्णय गरियो ।

प्रकाशित मिति : २०७६ जेष्ठ २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *