२०८३ असार २७ गते शनिवार

लुम्बिनीमा दुई दलले आलो पालो आधा ÷ आधा समय नेतृत्व गर्ने सहमति

तुलसीपुर, साउन ९ । लुम्बिनी प्रदेशमा प्रमुख दुई सत्ता साझेदार दलहरु नेकपा एमाले र नेपाली काँग्रेसले बराबर अर्थात आधा÷आधा समय सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

बुधबार बिहान दुई दलका बीचमा त्यस्तो सहमति भएको हो ।

जस्मा पहिलो चरणमा आधा समय एमालेले र त्यसपछिको आधा समय काँग्रेसले नेतृत्वगर्ने सहमति भएको छ ।

त्यस्तै दुई दलका बीचमा सरकार सञ्चालका साथै मन्त्रीमण्डल गठन, जिम्मेवारी बाँडफाँड, नीतिगत र कार्यसम्पादनमा एकीकृत धारणा बनाउनका लागि उच्चस्तरिय संयन्त्र निर्माण गर्ने सहमतिपनि भएको छ ।

यो संयन्त्रले सरकार सञ्चालनका लागि नीतिगत सोच, दृष्टिकोण प्रारुप निर्माण तथा निर्देशन गर्ने भएको छ । त्यो उच्चस्तरिय संयन्त्रमा दुई दलका प्रमुखहरु रहने ब्यबस्था गरिएको छ ।


साथै सरकार संचालनमा सहयोग गर्न एमाले र काँग्रेसबाट ३ ÷ ३ सदस्य गरि ६ सदस्य कार्य सम्पादन समिति गठन गरिएको छ । एमालेबाट मन्त्रीसमेत रहेका भूमीश्वर ढकाल, भोजप्रशाद श्रेष्ठ र बुधबार मात्रै प्रमुख सचेतकबाट राजिनामा दिएका तुलसीप्रशाद चौधरी रहेका छन् ।


काँग्रेसको तर्फबाट प्रमुख सचेतक जन्मजय तिमिल्सिना, मन्त्री धनेन्द्र कार्की र बैजनाथ कलवार रहेका छन् ।

प्रकाशित मिति : २०८१ साउन ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *