तुलसीपुर , साउन ७ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले नियुक्त भएका छन् ।
मुख्यमन्त्री बन्नका लागि ५६ जनाको हस्ताक्षरसहित उनले सोमबार नै प्रदेश प्रमुख अमिक शेरचन समक्ष आफ्नो दाबी पेश गरेका थिए ।
लुम्बिनी प्रदेशसभा ८७ सदस्य छन् । मुख्यमन्त्री बन्न ४४ सांसद भए पुग्छ । आचार्यले बुझाएको संख्या मुख्यमन्त्री बन्नका लागि प्रर्याप्त संख्या थियो । सोही आधारमा संबिधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन ।
आचार्य लुम्बिनी प्रदेशको छैठौं मुख्यमन्त्री बन्न सफल भएका छन् । आचार्य अर्घाखाँचीको निर्वाचन क्षेत्र नं. १ (१) बाट निर्वाचित भएका थिए । यसअघि उनी तीन पटक मन्त्री भइ सकेका थिए ।
प्रकाशित मिति : २०८१ साउन ७ गते सोमवार