तुलसीपुर , साउन ७ । लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्नका लागि ५६ जनाको हस्ताक्षरसहित नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले आफ्नो दाबी पेश गरेका छन् ।
प्रदेश प्रमुख अमिक शेरचन समक्ष आचार्यले सोमबार दिउँसो आफ्नो दाबी पेश गरेका हुन । एमाले र नेपाली काँग्रेसका ५६ जनाको हस्ताक्षरसहित आचार्यले आफ्नो दाबी पेश गरेका हुन ।
लुम्बिनी प्रदेशसभा ८७ सदस्य छन् । मुख्यमन्त्री बन्न ४४ सांसद भए पुग्छ । आचार्यले बुझाएको संख्या मुख्यमन्त्री बन्नका लागि प्रर्याप्त संख्या हो ।
तर, आचार्यले दाबी पेश गर्ने क्रममा एमाले संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री लीला गिरी भने उपस्थित थिएनन् । काँग्रेस संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी भने उपस्थित थिए । एमाले नेता हस्ताक्षर गर्न समेत आएनन् ।
अन्तिम समयसम्म पनि गिरी नआएपछि उपनेता आचार्यले हस्ताक्षर गरि दाबी पेश गरेका थिए । अन्तिम समयमा आएर पार्टी केन्द्रको हस्क्षपका कारण आँफुलाई पंछाएर उपनेता आचार्यलाई मुख्यमन्त्री बनाइएपछि गिरी रुष्ट बनेका हुन ।
काँग्रेस संसदीय दलका नेता चौधरीले आइबार गिरीलाई मुख्यमन्त्री बनाउने भन्दै पार्टीको तर्फबाट समर्थनसहितको पत्र पठाएका थिए । सोमबार बिहान करिब १० बजेसम्म गिरी नै मुख्यमन्त्री बनाउने एमालेका नेताहरुले बताउने गरेका थिए । तर, अन्तिम समयमा एमालेले आचार्यलाई मन्त्री बनाउने सर्कुलेसन केन्द्रबाट पठाएपछि गिरी रिसाएका हुन ।
यसले भविश्यमा एमाले भित्र गुटगट राजनीति थप मौलाउने कतिपयले चिन्ता जाहेर गरेका छन् ।