तुलसीपुर , साउन ७ । तुलसीपुर उपमहानगरपालिका – ६ स्थित कमलपोखरीमा फेरि पानी तबालब छ ।
तीन ठाउँमा चिरा परेका भागहरु सिमेन्टले टालेपछि फेरि पोखरी तबालब बनेको हो ।
यो बीचमा आँकाशबाट भल बग्नेगरि ठूलो झरी तुलसीपुर बाजर र कमल पोखरी आसपासमा भने परेको छैन । तर, पाखुखोलाबाट स्थानीय गोलौरा गाउँको सिंचाइका लागि आउने पानीले तलाउ फेरि भरिभराउ भएको हो ।
गोलौराको सिंचाई कुलोबाट सोझै पानी भर्न मिल्ने गरि ताल भित्र पाइप लाइन बिच्छाइएको छ । त्यही पाइपबाट गोलौरा कुलोको पानी पठाएपछि ताल तबालब बनेको हो ।
यसअघि पाँच बर्ष पछि असार मध्यसम्म बर्षाका कारण ताल भरिभराउ बेनको थियो । तर, उचित निकासको ब्यबस्था नगरिएको तालबाट तीन ठाउँमा चिरा परेपछि तालको पानी सबै सुकेको थियो ।
ताल भित्र पानीको भागमा प्रबेश गर्ने भ¥याङको दक्षिण तर्फ , तालको बीच भागमा निर्मित कंक्रिट कमलको आकृर्ती नजिक र तालको उत्तर तर्फको भित्री पर्खालमा परेको चिराबाट पानी बगेर गइ ताल सुेकेको थियो ।
यतिखेर तालमा तबालब पानी भरिएपछि त्यो आकर्षक र सुन्दर देखिन थालेको छ । झन्डै ६ दशक पुरानो प्राकृतिक अवस्थाको ताललाई पाँच बर्ष पहिले क्रंकिट बनाउने क्रम सुरु भएको थियो । ताललाई अहिलेको अवस्थाको बनाउँदा बिभिन्न निकायको झन्डै दुई करोड बढी खर्च भइ सकेको छ ।
यो पनि पढ्नुनुहोस :-
रजौरा कमल पोखरीको पानी फेरि किन सुक्यो ?
कमल पोखरी भित्र रातो माटो किन राखिदै छ ?
बल्ल अडियो रजौराको कमल पोखरीमा पानी