२०८१ असार ६ गते बुधवार

कमल पोखरी भित्र रातो माटो किन राखिदै छ ?

तुलसीपुर , जेठ २१ । दाङको तुलसीपुर उपमहानगरपालिका – ६ रजौरास्थित कमल पोखरीमा यतिखेर सुधारका नाममा धमाधम काम भइ रहेको छ ।


पाखेरी भित्र रातो माटो धमाधम झारिदै छ । रातो माटोलाई पोखरी भित्र फिजारेर धमाधम कम्प्रेसरले पेलेर तह बनाइएको छ । किन, यस्तो गरिएको हो ? यो काम कस्ले गरि रहेको हो ?

पछिल्लो समय यो काम युएसएआइडीको तयार नेपालले गरि रहेको हो । यो अमेरिकी जनताको सहयोग हो । तयार नेपाल बिपद जोखिम ब्यबस्थापन परियोजना अन्तरगत यो काम भइ रहेको हो ।


तयार नेपालले विपद् जोखिम परियोजनाअन्तर्गत आगलागी जस्ता विपदका समयमा तालको पानी दमकलमा भरेर लैजान सजिलो होस भनेर उस्ले पहिले झन्डै ८० लाख बढी लगानी यो तालमा गरेको थियो । जसबाट प्राकृतिक अवस्थाको ताललाई कंक्रिट बनाएको छ । तर, गत बर्ष साउनदेखि असोज महिनासम्म पनि ताल भित्र एक थोपा पानी थिएन ।


त्यो खबर सार्वजनिक भएपछि फेरि तयार नेपालले नै कमल पोखरी सुधार कार्य अन्तरगत झन्डै ६० लाख लगानी गरि भित्र माटो राखेर त्यसलाई पेल्ने र माटोको लियर बनाउने काम गर्न थालेको हो ।
कमल पोखरी सुधार कार्यका प्राबिधिक इञ्जिनियर शरद अधिकारीले सुधारको कार्य अन्तरगत पोखरी भित्र यतिखेर रातो माटो र ‘डेन्टो नाइट पाउडर’ मिलाएर तालको सतह १८ इञ्च फिलिङ गर्ने उदेश्यले काम भइ रहेको बताए । ‘डेन्टो नाइट पाउडर’ पानी चुहिन रोक्ने पाउडर हो ।


तालभित्रको पहिलो लियर फिलिङ गरि सक्दा लगभग ३० प्रतिसत काम पुरा भएको र अझैं दोस्रो लियरको काम हुन बाँकी रहेको उनले फरककोणलाई जानकारी दिए ।
यो प्रयास पछि कमल पोखरीमा पानी अडिन्छ कि ? भन्ने आशा गरिएको शर्माले बताए ।


रजौरास्थित कमल पोखरी विकासको नाममा हालसम्म डेढ करोड बढी खर्च भइ सकेको छ । हालसम्म तुलसीपुर उपमहानगरपालिका, लुम्बिनी सरकारअन्तर्गत कोहलपुर पर्यटन डिभिजन कार्यालय र युएसएआइडीको तयार नेपालले ठूलो रकम खर्च गरि सकेका छन् ।


यो भन्दा पहिले तुलसीपुर उपमहानगरको २५ लाख, कोहलपुर पर्यटन डिभिजन कार्यालयको ४६ लाख ५४ हजार बढी र युएसएआइडीको तयार नेपालको भ्याटसहित ८० लाख पाँच हजार छ सय एक रुपैयाँ खर्च गरेको थियो ।

यो पटक नगरपालिकाले पोखरी प्रबेश द्धारको गेटसहित केही पर्खाल लगाउन साढे ६ लाख बजेट छुट्याएको छ । कमल पोखरी करिब एक बिगाहा क्षेत्रफलमा फैलिएको छ । ताल बिकासको काम झन्डै पाँच बर्ष पहिले देखि सुरु भएको हो । जब काम सुरु भयो त्यस यता तालको पानी रोकिएको छैन ।

तस्बिर : फरककोण ।

प्रकाशित मिति : २०८१ जेष्ठ २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *