२०८२ साउन ३ गते शनिवार

३ दिन अघि बाढीले बगाएका युवकको अवस्था अज्ञात

दाङ, साउन ३ । रूकुम पश्चिममा बाढी बगाएका ब्यक्तिको अवस्था तीन दिनसम्म पनि अज्ञात नै छ ।

जिल्लाको आठविसकोट नगरपालिका – १२ मा बाढीले बगाएका
स्थानीय ३५ बर्षीय डिल्लीबहादुर बुढाथोकीको अवस्था तीन दिन पुग्दासम्म पनि अज्ञात नै रहेको छ ।

जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक बखतबहादुर शाहीका अनुसार
मंगलबार बिहान २ बजेतिर स्थानीय गिजा खोलामा आएको बाढीले घर बगाउँदा उनी बेपत्ता भएका थिए ।

तीन दिन बित्दापनि उनको अवस्था अज्ञात रहेको तथा खोजी कार्य जारी रहेको शाहीले जानकारी दिए ।

उक्त दिन भूकम्प पछि निर्मित स्थानीय सुवर्ण पुनको टहरो बाढीले भत्काउँदा ८ वर्षीया हितमाया पुन, ५ वर्षीया धनिषा पुन र आठबिसकोट – १० की ४ वर्षीया मनिषा सार्कीको मृत्यु भएको थियो । बाढीका कारण ६ जना घाइते भएका थिए । तीन जनाको घर गोठ तथा पसलहरु बगाइदिएको थियो ।

प्रकाशित मिति : २०८१ साउन ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *