काठमाडौं, असार ३१ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी मन्त्रीको नाम टुंगो लागेको छ ।
नेपाली कांग्रेसबाट पूर्वमहामन्त्री प्रकाशमान सिंह उपप्रधान तथा सहरी विकास मन्त्री, रमेश लेखक गृहमन्त्री, कांग्रेसकी आरजु राणाा देउवा परराष्ट्र, कांग्रेसका दीपक खड्का ऊर्जा, अजय चौरसिया कानुन, तेजुलाल चौधरी युवा तथाखेलुकुद ,प्रदीप पौडेल स्वास्थ्य, रामनाथ अधिकारी कृषि, बद्री पाण्डे पर्यटन र ऐनबहादुर शाही वन तथा वातारवरण मन्त्री बन्दैछन् ।
काँग्रेसले १० जना मन्त्रीको नाम पठाएको छ । संस्थापन पक्षबाट ६ र संस्थापन इतर नेता शेखर कोइराला र महामन्त्री गगन थापाले २– २ जना मन्त्री पठाएका छन् ।
त्यस्तै एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उपप्रधान तथा अर्थ, उपमहासचिव पृथ्वीसुब्बा गुरूङ सञ्चार तथा सूचना प्रविधि, बलराम अधिकारी भूमि व्यवस्था, दामोदर भण्डारी उद्योग, विद्या भट्टराईले शिक्षा मन्त्री, मानवीर राई रक्षा र राजकुमार गुप्ता संघीय मामिला मन्त्री बन्ने भएका छन् । एमालेले ८ मन्त्रीको नाम पठाएको छ ।
त्यस्तै जनतासमाजबादी पार्टीले प्रदीप यादव खानेपानी र नवलकिशोर साहलाई महिला मन्त्री बनाउने भएको छ । जसपाका २ मन्त्री हुने भएका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारमा लोकतान्त्रिक समाजबादी पार्टीले वरिष्ठ नेता शरदसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षाामन्त्री बनाउने भएको छ ।