२०८२ जेष्ठ ११ गते शुक्रवार

ढल्यो प्रचण्डको सत्ता

दाङ, असार २८ । नेकपा माओबादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को सत्ता ढलेको छ । उनी झन्डै १८ महिना पहिले २०७९ पुस १० गते प्रधानमन्त्री भएका थिए ।

प्रतिनिधि सभामा प्रचण्डले बिश्वासको मत नपाएपछि उनको सत्ता ढलेको हो । यो संगै उनी पदमुक्त भएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा कुल २५८ जना सांसदको उपस्थित रहेको थियो । तर, प्रधानमन्त्रीको प्रस्तावका पक्षमा जम्मा ६३ मत मात्रै परेको थियो ।

उनको विपक्षमा १९४ मत परेको सभामुख देवराज घिमिरेले सदनलाई जानकारी गराएका थिए । एक जनाले मत दिन्न भन्ने १ पक्षमा उभिएका थिए । प्रतिनिधि सभा बैठकमा बहुमतका लागि १३८ जना सांसदको साथ आवश्यक थियो ।

प्रचण्डलाई उनको दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी , नेकपा (एकीकृत समाजवादी) ले मात्रै मत दिएका थिए ।

प्रस्तावको विपक्षमा नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी , जनता समाजवादी पार्टी नेपाल, जनमतलगायत दलका सांसदहरुले मतदान गरेका थिए ।
असार १७ गते संसदका दुई ठूला दल कांग्रेस र एमालेबीच भएको सहमति अनुसार अब एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने छन् । त्यसको लागि प्रक्रिया सुरु भइ सकेको छ ।

यी दुई दलका बीचमा नयाँ सरकार गठन गर्नेलगायत सहमति भएको छ । त्यसपछि एमालेलगायत दलले समर्थन फिर्ता लिएका थिए । उनीहरुका मन्त्रीहरूले पदबाट राजीनामा दिएका थिए ।


१८ महिनाको अबधिमा प्रचण्डले शुक्रबार पाँचौं पटक विश्वासको मत लिएका थिए । आँफु प्रधानमन्त्रीमा टिकी रहने उनले पटक पटक सत्ता समिकरण फेर बदल गरेका थिए । कहिले काँग्रेस र कहिले एमाले संग उनले सत्ता साझेदार गरेका थिए ।

प्रकाशित मिति : २०८१ असार २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *