२०८१ असार ३१ गते आइतवार

प्रचण्डलाई विश्वासको मत नदिन काँग्रेसको ह्विप

दाङ, असार २७ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई विश्वास मत नदिने ह्विप जारी गरेको छ ।

काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बिहीबार काँग्रेस सांसदहरुलाई त्यस्तो ह्विप जारी गरेका हुन ।

प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले शुक्रबार विश्वास मत लिने तयारी गरेका छन् । विश्वास मत पाउन १३८ जना सांसदको साथ चाहिन्छ ।


कांग्रेसले सांसदहरूलाई अनिवार्य शुक्रबारको प्रतिनिधि सभा बैठकमा अनिवार्य रुपमा उपस्थित हुन ताकेता गरेको छ । बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठक बस्ने तयारी छ । प्रतिनिधि सभामा कांग्रेसका ८८ जना सांसद छन ।
कांग्रेस र एमालेका बीचमा असार १७ गते नयाँ सत्ता समिकरण बनाउने सहमती भएको थियो ।

संसदका दुई ठूला दलहरुका बीचमा पहिलो दुई वर्ष एमाले र त्यसपछि काँग्रेसले नेतृत्व गर्ने सहमती भएको छ ।

प्रकाशित मिति : २०८१ असार २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *