२०८१ असार ३१ गते आइतवार

लुम्बिनी सरकारबाट बाहिरिदै एमाले , केही बेरमा सामुहिक राजीनामा बुझाउँदै

तुलसीपुर, असार २० । लुम्बिनी प्रदेश सरकारबाट एमाले बाहिरिने निश्चित भएको छ । एमालेबाट नेतृत्व गर्दै प्रदेश सरकारमा गएका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले केही बेरमा मुख्य मन्त्री जोखबहादुर महरालाई सामुहिक राजीनामा बुझाउन थालेको जानकारी दिए । महरा नेतृत्वको सरकारमा एमालेका हत पाँच छन् ।

त्यसका साथै बेलुका ६ बजे मुख्यमन्त्री महराले आफ्नै निवासमा एमाले मन्त्रीहरुको बिदाइ भोजसमेत आयोजना गरेका छन् । त्यसको पुष्टि मन्त्री आचार्यले गरे । ‘उहाँले बिदाइ गर्छु भनेको हुँदा हामीले हुन्छ भनेका हौं,’ आचार्यले भने ।

केन्द्रमा एमाले र कांग्रेसको नयाँ समिकरण बनेपछि लुम्बिनीमा पनि त्यसको असर परेको हो ।

२०८० चैत २३ गते नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता महराले एमालेसहित पाँच दल र एक स्वतन्त्र गरी ४८ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । एमालेका २९ सांसदले समर्थन फिर्ता लिएपछि अब उनी संग जम्मा १९ सांसदको मात्रै समर्थन रहने छ ।


स्पष्ट अल्पमतमा परि सकेपछि मुख्यमन्त्रीले राजीनामा दिन्छन् वा विश्वासको मतको सामना गर्छन त्यो भने प्रतिक्षाको बिषय बनेको छ ।
यसअघि मुख्यमन्त्री महराले बिहान ११ बजे बोलाएको मन्त्रिपरिषद् बैठक समेत एमालेका मन्त्रीहरूले बहिस्कार गरेका थिए ।

प्रकाशित मिति : २०८१ असार २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *