२०८१ असार ३१ गते आइतवार

एमालेका ८ मन्त्रीले बुझाए प्रचण्डलाई राजीनामा

काठमाडौं, असार १९ ।नेकपा एमालेका आठ मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई बुधबार भेटेर राजीनामा बुझाएका छन्. ।

एमालेले बुधबार मात्रै प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । त्यस सँगै एमालेका आठ मन्त्रीले बुधबार राजीनामा बुझाएका हुन ।

उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, खानेपानी मन्त्री राजेन्द्र राई, कृषि मन्त्री ज्वालाकुमारी साह, महिला मन्त्री भगवती चौधरी, उद्योग मन्त्री दामोदर भण्डारी, रक्षामन्त्री हरि उप्रेती र भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले प्रधानमन्त्री प्रचण्डलाई भेटेर सामुहिक राजीनामा बुझाएका हुन ।

नेपाली काँग्रेस र एमालेका बीचमा नयाँ समीकरण बनिसकेको छ । सहमती अनुसार पहिले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने छन् भने निर्वाचन गराउने गरि काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने उनीहरुका बीचमा सहमती बनेको छ ।

सोही सहमती पछि प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने माग एमाले र काँग्रेसले गर्दै आएका थिए । प्रचण्डले पद त्याग्न नमानेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

एमालेले संसदलाई समर्थन फिर्ताको औपचारिक जानकारी गराए पछिको ३० दिनभित्र प्रधानमन्त्री प्रचण्डले अब विश्वासको मत लिनुपर्ने बाध्यता हुन्छ । विश्वासको मत प्राप्त गर्न नसके उनी स्वतह पदमुक्त हुने छन् ।

प्रकाशित मिति : २०८१ असार २० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *