२०८२ जेष्ठ ११ गते शुक्रवार

विद्यार्थीले रोपे विरुवा

घोराही, असार १८ । घोराहीमा बिद्यार्थीले बोट बिरुवा रोपेका छन् ।

घोराहीको ज्योतिपुञ्ज आवासिय माध्यमिक विद्यालय र रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुलमा अध्ययनरत विद्यार्थीले विरुवा रोपेका हुन ।

एक विद्यार्थी दुई बिरुवा रोप्ने र संरक्षण गर्ने विद्यालयको बार्षिक कार्यक्रम अनुसार बिरुवा प्रदान गरिएको थियो ।

डिभिजन वन कार्यालय दाङको एक घर दुई वृक्ष,शहर हाम्रो बनाउ स्वच्छ कार्यक्रम र विद्यालयको एक विद्यार्थी दुई विरुवा,संरक्षण गरौं पानीको मूल र संरक्षण गरौं  भन्ने कार्यक्रम अनुसार मंगलबार दुवै विद्यालयमा अध्ययनरत एक हजार आठ सय बढी विद्यार्थीलाइ विरुवा वितरण गरिएको थियो । 

विद्यार्थीले ती बिरुवा आफ्नो घर वरपर रोपेका छन । बृक्षारोपणका लागि बजार क्षेत्रका विद्यार्थीलाई सौन्दर्यवद्र्धक बिरुवा र गाउँमा फराकिलो धेरै जग्गा हुनेहरुका लागि जडिबुटी जन्य र वनजन्य बिरुवा दिइएको थियो ।

विद्यालयबाट प्राप्त बिरुवा विद्यार्थीले अभिभाकको सहयोगमा रोपेका छन । रोपिएका बिरुवा संरक्षण गर्ने काममा पनि विद्यार्थीले चासोका साथ लागेको अभिभावकले बताएका छन ।

प्रकाशित मिति : २०८१ असार १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *