दाङ, असार १३ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले बिहीबार बिहान माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ ।
सार्वजनिक नतिजाअनुसार २०८० सालमा परीक्षा दिएका मध्य ४७ दशमलब ८६ प्रतिशत बिद्यार्थी मात्रै उत्तीर्ण भएका छन ।
गत बर्षको एसइई परीक्षामा चार लाख ६४ हजार सात सय ८५ जना विद्यार्थी सामेल थिए ।
एसइई नतिजा हेर्न बिद्यार्थीले नेपाल टेलिकमको १६०० मा एसएमएस र आइभिआर मार्फत, स्विफ्ट टेक्नोलोजी प्रालिमा ३४४५५ कोडमा, जानकी टेक्नोलोजी ३५००१ मा कोडमा, इजी सर्भिसको ३४९४९ कोडमा र आकाश टेकको ३१००३ कोड राखेर एसएमएस गरेर नतिजा हेर्न सक्ने ब्यबस्था गरिएको छ ।
त्यसका साथै राष्ट्रिय परीक्षा नियन्त्रण कार्यालय,परीक्षा बोर्ड,खल्ती, इसेवालगायतको वेवसाइटबाट पनि परीक्षाफल हेर्न पाउने ब्यबस्था गरिएको छ ।
प्रकाशित मिति : २०८१ असार १३ गते बिहिवार