२०८३ भाद्र १२ गते शुक्रवार

महिलाले गरे च्याउ खेतीबाट लाखौं आम्दानी


घोराही, २३ जेठ ।
घोराही उपमहानगरपालिका वडा नम्वर १६ मघैका महिलाहरुले यस बर्ष च्याउ खेतीबाट दुई लाख बढीको आम्दानी गरेका छन् । दुईवटा कृषि समूह गठन गरेर सामूहिक कृषि कार्यमा लागेका उनीहरुले यस सिजनबाट च्याउ बिक्रीबाट मात्र दुई लाख बढी आम्दानी गर्न सफल भएका हुन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा उनीहरुले लाखौं आम्दानी गर्न सफल भएको कोपिला कृषक समूहकी अध्यक्ष कैलाशी चौधरीले जानकारी दिइन् ।

६ वटा च्याउ घर निर्माण गरी गरिएको च्याउखेती अन्तर्गत करिव सात सय किलो च्याउ बिक्री गरिएको उनले बताइन् । स्थानीय ५० बढी महिलाहरुको सहभागितामा गरिएको च्याउ खेतीका लागि परियोजनाले चार लाख रुपैयाँ र दुईवटा समूहले चार लाख लगानी गरेका छन । बिगत तीन बर्षदेखि निरन्तर रुपमा गरिदै आएको च्याउखेतीबाट समूहका सदस्यको जीवनस्तर सुधार गर्न सहयोग पु¥याउनुका साथै खेर गएको समयसमेत सदुपयोग भएको ज्योती कृषक समूहकी सहसचिव जुगमानी चौधरीले जानकारी दिइन् ।

च्याउखेतीको अलवा समूहले मसुरो र लसुनप्याज खेतीसमेत गरेका छन् । जसबाट लाखांैको आम्दानी भएको उनको भनाइ रहेको छ । यसैबीच कोपलिा र ज्योती कृषक समूहले गरेको च्याउखेतीको बारेमा सार्वजनिक सुनुवाईसमेत गरिएको छ । कोपिला कृषक समूहकी अध्यक्ष कैलाशी चौधरीको अध्यक्षता तथा जिल्ला कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत भरतमणि पोख्रेलको प्रमुख आतिथ्यतामा सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो ।

उक्त कार्यक्रममा बोल्ने सहभागीहरुले प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजनाले बिपन्न किसानहरुको आयस्तर बृद्धि गर्न सहयोग पु¥याएको बताए । कार्यक्रममा सेवानिवृत्त बागबानी विज्ञ सिताराम चौधरी, स्वर्गद्वारी कृषि बाटिकाका पदम भण्डारी, पत्रकार बिमल योगीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सुविता चौधरीले गरेकी थिइन् ।

प्रकाशित मिति : २०७६ जेष्ठ २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *