२०८३ जेष्ठ २६ गते मङ्गलवार

एसईईको नतिजा आगामी शुक्रबारसम्म सार्वजनिक हुने

काठमाडौँ ,असार ११ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आगामी शुक्रबारसम्म सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले शुक्रबार भित्रै नतिजा प्रकाशित गर्ने गरी तयारीको काम भइरहेको बताए ।

बोर्ड अर्न्तगतको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले देशभरबाट परीक्षण भएर आएका उत्तरपुस्तिकाको अंक रुजुसहित इन्ट्री गर्ने तथा अंकलाई ग्रेडिङमा रुपान्तरण गर्ने काम अन्तिम चरणमा रहेको जनाएको छ ।

तयारीको काम पूरा हुन साथ बोर्डको बैठक बोलाएर नतिजा सार्वजनिक गरिने छ ।

गत चैत १५ देखि २७ गतेसम्म सञ्चालित परीक्षामा ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सहभागी थिए ।

जसमा छात्रा २ लाख ५० हजार ७ सय ७२, छात्र २ लाख ५३ हजार ६ सय २७ र लैगिक अल्पसंख्यक १५ जना रहेका छन् । तीमध्ये १५ हजार ७ सय ४९ जना प्राविधिक धारतर्फका विद्यार्थी रहेका छन् ।

यसपटक नयाँ पाठ्यक्रमका आधारमा एसईई परीक्षा सञ्चालन भएको थियो भने परीक्षार्थीको मूल्यांकनसमेत नयाँ लेटरग्रेडिङ पद्धतिअनुसार हुनेछ । जसमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी नतिजामा ननग्रेडिङमा पर्नेछन् ।

दुई विषयसम्म ननग्रेडिङमा परे ग्रेडवृद्धि परीक्षा दिन पाइने र सोभन्दा बढीमा ननग्रेड भए अर्को वर्ष पुनः परीक्षा दिनुपर्ने व्यवस्था छ । उक्त पद्धतिअनुसार गतवर्ष देखि नै कक्षा १२ को नतिजा सार्वजनिक हुदैं आएको छ ।

प्रकाशित मिति : २०८१ असार ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *