टेक बहादुर पुन,
देउखुरी, जेठ २३ । राजपुरको माररी खोलामा बुधवार आगलागी हुँदा ४ लाख बराबरको क्षति भएको छ ।
राजुपर १ माररीखोला निवासी मानसिंह सुनारको घरमा दिउँसो करिब ४ बजे आगलागी भएको हो । विद्युतको तार सट भएर घरमा आगलागी भएको प्रहरीले बताएको छ ।
आगलागी बाट लत्ताकपडा, गर गहना,अन्नपात,भाडाकुडा सबै जलेर नष्ट भएको पिडितले बताए ।
प्रकाशित मिति : २०७६ जेष्ठ २३ गते बिहिवार