२०८१ भाद्र २६ गते बुधवार

तुलसीपुरले ल्यायो २ अर्ब साढे ७ करोडको बजेट


तुलसीपुर,असार १० । दाङको तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/ ८२ को लागि बजेट ल्याएको छ।

सोमबार तुलसीपुर महानगरपालिकाकी उपप्रमुख स्यानी चौधरीले १५औ नगरसभा मार्फत आगामी आर्थिक वर्षको लागि २ अर्ब साढे ७ करोड बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।

पालिकाका जनअपेक्षालाई सम्बोधन गर्ने गरी आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिएको उप प्रमुख चौधरीले बताइन। विकासमा लागत सहभागिता रोचक सहभागिता नगद तथा श्रमदानलाई प्राथमिकता दिएर आगामी आर्थिक वर्ष २०८१/ ८२ को बजेट ल्याइएको छ ।

बजेट प्रस्तुत गर्दै उपप्रमुख चौधरीले आर्थिक वर्ष २०८१८/ २ को कुल बजेट २ अर्ब ७ करोड ४९ लाख ६८ हजार ३सय ५१ रुपैयाँ अनुमानित बजेट सभामा जानकारी गराएकी थिइन ।

जस्मा चालू बजेट १ अर्व ३४ करोड ६ लाख ७४ हजार ४ सय २ रुपैयाँ , पुजीगत तर्फ ६९ करोड ३१ लाख,६३ हजार १ सय ९९ रुपैयाँ र वित्तीयतर्फ २ करोड बजेट रहेको छ ।

बजेट्को लक्ष्य अनुसारको आय आन्तरिक आम्दानी तर्फ ६१ करोड ५१ लाख ३६ हजार , संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान २७ करोड ३६ लाख, सशर्त अनुदान ७४ करोड ९१ लाख सम्मपूर्वक अनुदान १ करोड ४५ लाख बजेट अनुमान गरिएको छ।

यसैगरी राजस्व बाडफाट २४ करोड ३९ लाख,वन रोयलटीबाट ४ लाख ९४ हजार गरी कुल १ अर्ब २८ करोड ७७ लाख ४२ हजार रकम अनुमान गरिएको छ।

यसैबिच तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । उपमहानगरको १५ औं नगरसभाबाट मेयर टिकाराम खड्काले नीति तथा कार्यक्रम प्रस्तुुत गरेका छन ।

सोमबार प्रस्तुत नीति तथा कार्यक्रममामा मेयरले कृषिलाई प्रमुख प्राथमिकता दिएको बताए । उनले कृषि तर्फ चार ज जनता, जमिन, जलस्रोत र जनजीविकोपर्जन कार्यक्रमलाई अगाडी बढाउने बताए ।

त्यस्तै घुम्ती कृषि एम्बुलेन्स संचालन गरिनुका साथै बिउ प्रवद्र्धन कार्यक्रम मार्फत तोरी, च्याउ र मकैको बिउमा ५० प्रतिशत किसानलाई अनुदानमा उन्नत जातको बिउ उपलब्ध गराउने नीति तथा कार्यक्रममा उल्लेख गरेका छन् ।

त्यस्तै पशु सेवा तर्फ प्रभावकारी पशु स्वास्थ्य सेवाका लागि निःशुल्क डिस्पेन्सरी एवं प्रयोगशाला सेवा संचालन गर्न आवश्यक व्यवस्था मिलाउनुका साथै ग्रामीण भेगका कृषकहरुका लागि पशु स्वास्थ्य सेवा उपलब्ध गराउनका निम्ती सबै वडाहरुमा घुम्ती पशु स्वास्थ्य शिविर संचालन गर्ने नीति अगाडी सारेका छन् ।

त्यस्तै पशुपन्छीहरुमा हुने महामारीजन्य रोगहरु नियन्त्रणका लागि (पि.पि.आर, खोरेत तथा स्वइनफिवर) रोगको विरुद्धमा सामुहिक निशुल्क रोप कार्यक्रम फ्री मास भ्याक्सिनेसन कार्यक्रम संचालनमा ल्याउने कार्यक्रमलाई अगाडी सारेको छ ।

त्यस्तै उद्योग व्यवसाय, श्रम, रोजगारी तथा गरिबी निवारण अन्र्तगत उद्यमशीलता मार्फत रोजगारी र उत्पादनमा वृद्धि गरी तुलसीपुरको समृद्धिको नीतिलाई आत्मसात गरी उद्यमशीलता प्रर्वद्धनका कार्यक्रमहरु सञ्चालन गरिनुका साथै लैंगिक हिंसामा परेका समूह, अपाङ्गता भएका व्यक्ति लगायत समाजमा पिछडिएका दलित तथा एकल महिलाहरुलाई सिप विकास सम्बन्धि सीप तथा सो व्यवसायका लागि आवश्यक पर्ने प्रविधिमा पहुँच तथा हस्तान्तरण कार्यक्रम गर्ने नीति ल्याएको छ ।

त्यस्तै उपमहानगरले सहकारी तथा रोजगार प्रवद्र्धनका लागि सबल सहकारी, बढाउने छ रोजगारी अभियानसँग जोडी सहकारी संघ/संस्थालाई स्थानीय कच्चा पदार्थमा आधारित घरेलु तथा साना उद्योग प्रवर्धन, स्थानीय उत्पादनको भण्डारण, प्रशोधन, प्याकेजिङ र बजारीकरणका लागि प्रोत्साहन नीति ल्याएको छ ।

त्यस्तै सहकारी संस्थाहरुको मर्जरलाई प्रोत्साहन गर्दै लामो समयदेखि निष्क्रिय एवं समस्याग्रस्त संस्था खारेजी गर्ने नीति ल्याएको छ ।

त्यस्तै पर्यटन तथा संस्कृति प्रवद्र्धनका लागि पर्यटन विकास गुरु योजना निर्माण गरी पर्यटकीय क्षेत्रको विकास गर्नुका साथै होमस्टेको ब्यवस्थापन, तालिम, अनुदान, अनुगमनका कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउने नीति तथा कार्यक्रम रहेको छ ।

साथै रैथाने खाना, स्थानीय वस्तु एवम् प्रविधिको संरक्षण गरी पर्यटकीय मेला महोत्सवको ब्यवस्थापनमा टेवा पर्याउनुका साथै हेरौं तुलसीपुर, चिनौं तुलसीपुर कार्यक्रमको सुरुवात गरिने समेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

प्रकाशित मिति : २०८१ असार ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *