२०८२ बैशाख ११ गते बुधवार

काग्रेसले किन, अबरुद्ध पा¥यो, लुम्बिनी प्रदेशसभा ?

दाङ, असार ७ । नेपाली काँग्रेसले शुक्रबारको लुम्बिनी प्रदेशसभा चल्न दिएन ।

बजेट जनतामैन्त्री र संघीयता विरोधी आएको भन्दै काँग्रेसले संसद बैठक चल्न नदिएको हो ।

प्रमुख प्रतिपक्षी काँग्रेस प्रदेश संसदीय दलका नेता तथा यसअघिका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सुरुमै धारणा राखेका थिए । उनले आफनो धारणा राखेर सक्नासाथ काग्रेसका सांसदहरु बसिरहेको स्थानबाट उठेर विरोध जनाएपछि सदन चल्न नसकेको हो ।

त्यसपूर्व संसदमा सम्वोधन गर्दे काँग्रेस संसदीय दलका नेता चौधरीले सरकारले कृर्षीमा कर लगाएको, कृषीलाई प्राथाकिमतामा राखेको भनेर भनिएपनि चालु वर्ष भन्दा ५७ करोड रुपैंया बजेट घटाएको,किसान मैत्री बजेट नल्याएको आरोप लगाएका थिए ।

उनले यो सरकार किसानको विरोधी भएको टिप्पनी गरे । ‘यस्तो कार्यले संघीयताको पुष्टी कसरी हुन्छ ?’ उनले प्रश्न गरेका थिए ‘ आम जनतालाई मल विउ पु¥यान नसक्ने तर औचित्यहीन क्षेत्रमा पैसाको खोलो बगाउने यो कस्तो प्राथामिकता हो ।’

त्यस्तै उनले अहिलेको बजेटले पर्यटन क्षेत्रलाई समेत धरापमा पारेको बताए । उनले स्थानीय जनजातीहरुले आयआर्जनका लागि मदिराको नीति विगतको सरकारले लिएका भएपनि त्यो अहिले काटेर अर्कै क्षेत्रमा राखिएको भन्दै बिरोध जनाएका थिए । ‘के यो सरकार जनजाती विरोधी सरकार हो,’ उनले प्रश्न गरे ‘ यो सरकार गरिखाने वर्गहरुको लागि बनेको सरकार हैन रहेछ । यो त महिला, गरिखाने वर्ग, युवाहरुको विरोधी सरकार बनेको रहेछ छ ।’

निवर्तमान मुख्यमन्त्री चौधरीले अगाडि भने ‘नाराले मात्रै हैन, पैसा र काम गरौ अनि मात्रै नारा सफल हुन्छ ।’

उनले विपन्नवर्गसंग जोडिएका कार्यक्रमहरु कटौटी गरेको र नयाँ नल्याएको बताएका थिए । त्यस्तै उनले युवा, महिला, जेष्ठनागरिक, मधेशी मुस्लिम, किसान, विपन्न वर्ग, मुक्तकमैया, जनजाती, वादी, गन्दर्भ,चमार, लोपोन्मुख, मुसहर, पौडे, नटुवा माझी, कुसुन्ड, कोरी समुदायलाई बजेटले नछोएको बताए ।

यस्तो अवस्था कस्का लागि बजेट ल्याएको हो त्यो बुझ्न गाह्रो भइ रहेको भन्दै उनले चालु आर्थिक बर्षमा धेरै योजना बन्द गरिएको गुनसाो गरेका थिए । आयका कार्यक्रम सञ्चालन गर्न किन नदिएको हो भनेर पनि उनले प्रश्न गरेका थिए ।

संघीता विरोधी बजेट आएको हुँदा काग्रेसले यसको विरोध गरेको उनले बताएका थिए । घाटाको बजेट ल्याउने र पुरा नहुने राजश्व संकलनको लक्ष्य देखाएर आम नागकिलाई भ्रममा पारिएको काँग्रेस नेता चौधरीले बताएका थिए ।

प्रकाशित मिति : २०८१ असार ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *