२०८१ असार ३१ गते आइतवार

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं,असार ७ । नेपाली कांग्रेसले संसदीय दलको बैठक आज बस्दै छ ।

कांग्रेसले आज संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा अपरान्ह ३ बजेका लागि संसदीय दलको बैठक बोलाएको छ ।

त्यस अघि २ बजे संसदीय दल कार्यसमितिको बैठक बस्ने भएको छ ।

सरकारले संसदबाट बजेट पारित गर्ने तयारी गरेका कारण सो विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको बताइएको छ ।

प्रकाशित मिति : २०८१ असार ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *