२०८३ जेष्ठ ३१ गते आइतवार

सर्वसत्तावादी सोचबाट सरकार अघि बढिरहेको छ – मोहनबहादुर बस्नेत


सुलोचना गौतम,
कमिरेचौर,जेठ २२ । नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान कार्यक्रम अन्तर्गत बुधबार पहाडी क्षेत्र कमिरेचौरमा भएको छ ।काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काको सभापतित्व र काँग्रेसका केन्द्रीय प्रतिनिधि मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा बक्ताहरुले गाउँतहमा बङलाचुलीमा निर्वाचित जनप्रतिनिधिहरुले काँगेसलाई उपेक्षा गर्दै आएको गुनासो गरेका छन् । योजना एकलौटी रुपले संचालन गरेको, कमिसनमा लागेको, गाउँपालिकाले पारदर्षी रुपमा काम नगरेको , जनचासोका कार्यक्रममा काँग्रेसलाई बोलाउन छोडिएको, आफूहरुले जायज विषय उठाउदा पनि सुनुवाई नभएको गुनासो कार्यकर्ताले त्यसक्रममा गरे ।

कतिपय बक्ताहरुले जनप्रतिनिधिहरुले नै काँग्रेसको विरुद्ध अनर्गल प्रचारमा लागेर बदनाम गरिरहेको, काँग्रेस कार्यकर्ता भएका कारण वडा कार्यालय र गाउँपालिकामा सेवा लिन जादा काँग्रेस पार्टीमा गएर सिफारिस लेउ वा दर्ता गर,भन्ने जवाफ दिने गरेको जस्ता दुखेसो पोखेका छन् ।

अपाङ्ग संघ काभ्रेका अध्यक्ष नमलाल गिरीले आफूले काँग्रेसमा भोट हालेको आरोपमा आफूलाई गाउँपालिकाले कुनैपनी कार्यक्रममा खबर नै नगरेको गुनासो गरे । स्थानीय पुनी गिरीले गाउँ तहमा काँग्रेसको संगठन नहुँदा कार्यकर्ता निरास भएको तर्क गरिन । बलबहादुर वलीले काँग्रेसका नेता कार्यकर्ता ईमान्दार र बफादार हुन पर्ने बताए । आफूले टिकट पाउँदा ठिक अरुले टिकट पाउँदा बेठिक भन्ने प्रवृत्तिले चुनाव हारेको उनको बुझाई छ ।

जीतबहादुर वलीले चुनावमा अन्तर्घात गर्नेलाई पार्टीले कारवाही नगर्दासम्म काग्रेस नसुध्रने बताए । रुपप्रसाद पुलामीले काँग्रेसले काँग्रेसलाई भोट नहालेका चुनाव हार्नु परेको बताए ।

काग्रेस कार्यकर्ताको गुनासो सुनेपछी कार्यक्रमका प्रमुख अतिथि बस्नेतले काग्रेस कार्यकर्ताको मनोबल उच्चपारी काग्रेस बलियो नहुदासम्म जागरण अभियान चलिरहने बताए । अहिलेको सरकार सर्वसत्तावादी सोचबाट अघि बढेको हुँदा त्यसको विरोध गर्नुपर्ने बस्नेतको तर्क थियो । बिप्लवलाई प्रतिवन्द्व लगाएर दलहरुमाथी प्रतिवन्दको तयारी सररकाले गरिरहेको उनको जिकिर थियो । माओवादी द्वन्द्वका बेला भन्दा पनि अझ धेरै ठूलो भए सिर्जना गराउन बर्तमान सरकार उद्दत रहेको उनको कथन थियो । कार्यक्रममा विषय प्रवेश गराउदै पूर्व माननिय राजु खनालले मुख्यमन्त्री र सभामुखले चुनावी नारा दाङलाई संमृद बनाउने भन्ने रहेपनि भर्खरै आएको बजेटमा दाङमा कुनै ठुला योजना नपरेको भन्दै विरोध गरे ।
विपक्षीलाई निस्तेज गरेर बर्तमान सरकार देशमा सर्वसत्तावादी सोचबाट अघि बढिरहेको आरोप उनको छ । काग्रेस क्षेत्रिय सभापति गिरिराज सुबेदीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा महिला बक्ता पुष्पा श्रेष्ठ, बलबहादुर वली, शिवराज परियारलगायतले मनतब्य राखेका थिए ।

बङ्गलाचुली गाउपालिका स्तरिय उक्त कार्यक्रममा साबिकका लोहारपानी, काभ्रे र स्यूजा गाबिसका काग्रेस कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण पार्टी जिल्ला सचिव शंकर प्रसाद डाँगी गर्नु भएको थियो ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *