२०८३ कार्तिक १३ गते बिहिवार

प्राकृतिक स्रोतमाथिको चर्को दोहन बढेको प्रति चिन्ता


छवि पुरी,
दाङ, जेठ २२ । अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि जिसस प्रमुख जितेन्द्रमान नेपालीले वायू प्रदुषण कम गर्न र स्वस्थ नागरिक सरह जीवन यापन गर्न सबैको साथ सहयोग अपरिहार्य रहेको बताएका छन् । घोराहीमा बुधवार मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङको आयोजनामा भएको कार्यक्रममा उनले वातावरण संरक्षण गर्न आफूबाटै शुरुवात गर्नु पर्ने बेला आएको बताएका हुन ।

जिल्लामा अहिले भइ रहेका प्राकृतिक बस्तुको प्रयोग अनिमित तवरले बढेकाले यसको नियमन हुन जरुरी रहेको उनको तर्क थियो । त्यस्तै, नागरिक समाज दाङका संयोजक पन्तले जनचेतना अभिवृद्धि नहुँदासम्म वातावरण जोगाउन र स्वस्थ वायूमा स्वास फेर्ने अवस्था बन्न नसक्ने हुँदा सबैले अव जन चेतना जगाउन लाग्नु पर्ने बताए । घोराही उपमहानगर वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेले स्थानीय तहले गर्ने रहेक निर्णयहरुको कार्यान्वयन प्रक्रिया एकदमै फितलो भएको हुँदा वातावरण विग्रदै गएको बताए । अनुगमन गर्ने निकाय, सरोकार राख्ने संस्थाको कमजोरीको फाइदा उठाएर अरुले लाभ लिने प्रवृत्ति बढेको प्रति चिन्ता जाहेर गरे ।

मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका अध्यक्ष भरतराज देवकोटाको अध्यक्षतामा कार्यक्रम भएको हो ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *