२०८१ असार ३१ गते आइतवार

ज्ञान ज्योतिले बुधबारदेखि बिहानी कक्षाहरु सुरु गर्ने

दाङ, असार ४ । तुलसीपुरस्थित ज्ञानज्योति स्कूलले बुधबारदेखि बिहानी कक्षाहरु सुरु गर्दै छ ।


बिद्यालयले कक्षा १ देखि कक्षा १० सम्मका बिद्यार्थीका लागि बिहान ६ बजेदेखि १० बजेसम्म पढाइ संचालन हुने जानकारी दिएको छ ।


ज्ञान ज्योतिले प्ले ग्रुपदेखि यूकेजीसम्मका बिद्यार्थीका लागि भने आगामी शुक्रबारसम्मका लागि बिदा दिएको छ ।
शुक्रबारसम्म बिहानी कक्षा संचालन पछि मौसमको अवस्था हेरि फेरि नयाँ निर्णय हुन सक्ने बिद्यालय परिवारले जानकारी दिएको छ ।


यसैबीच मंगलबार दाङको अधिकतम तापक्रम ३९ दशमल ५ डिग्री सेलसियस मापन भएको छ । यो अघिल्लो दिनको तुलनामा तापमानमा बृद्धि हो ।

यो बर्ष अधिकतम तापक्रम ४० दशमलब २ डिग्री सेलसियससम्म मापन भएको छ । जुन १२ बर्ष यताकै उच्च तापमान हो । त्यस्तै बुधबारको दाङको न्यूनतम तापक्रम २७ दशमलब २ डिग्री सेलसियस मापन भएको छ ।

प्रकाशित मिति : २०८१ असार ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *