२०८३ भाद्र ११ गते बिहिवार

शान्तिनगरमा ट्याक्टर दुर्घटना – ४ जना घाइते

तुलसीपुर, असार ३ । दाङको शान्तिनगरमा सोमबार बेलुका पौने ८ बजेतिर ढुँगा बोकेको ट्याक्टर दुर्घटनामा परि चार जना घाइते भएका छन् ।

घाइते हुनेमा शान्तिनगर गाउँपालिका – २ का २३ बर्षीय उमेश भण्डारी, ५१ बर्षीय धनबहादुर भण्डारी, ३९ बर्षीय भिमबहादुर बुढाथोकी र ५२ बर्षीय लाटो राना रहेका छन् ।


प्रहरीका अनुसार धनबहादुरको अवस्था गम्भीर छ भने अन्य तीन जनाको अवस्था मध्यम छ ।
उमेश, धनबहादुर र रानाको टाउको छाति र दुबै हात खुट्टामा चोट छ भने बुढाथोकीको टाउकोमा चोट रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

घाइतेहरुलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको छ ।
ट्याक्टरमा सवार ६ जना मध्य एक जनालाई केही नभएको तथा ट्याक्टरका चालक फरार छन् । ट्याक्टर चालकको खोजी भइ रहेको छ ।

सोमबार बेलुकी पौने ८ बजेतिर शान्तिनगर गाउँपालिका – १ नयाँ बस्तिस्थित गुन्डले खोलामा खिलतपुरबाट अमवा तर्फ ढँुगा लोड गरि जाँदै गरेको रा १ त २३१७ नम्बरको ट्याक्टर अनियन्त्रित भइ दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ असार ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *