२०८१ असार ३१ गते आइतवार

हात्तीखौवामा ट्याक्टर र मोटरसाइकल ठोक्किदा एक जना गम्भीर घाइते


तुलसीपुर,असार ३ । दाङको तुलसीपुरमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किदा एक जना गम्भीर घाइते भएको छन् ।

गएराती पौने ९ बजेतिर तुलसीपुर उपमहानगरपालिका ६ हातिखौवा स्थित तुलसीपुरदेखि घोराही तर्फ जादै गरेको रा ७ प ७९२१ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आइरहेको रा १ त ३०३८ नम्बरको ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किदा एक जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

घाइते हुनेमा मोटरसाइकल चालक रुकुम पश्चीम त्रिबेणी गाउँपालिका २ बस्ने ४० वर्षीय लोक बहादुर बुढाथोकी रहेका छन् ।

घाइते बुढाथोकीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पश्चात् थप उपचारका लागि नेपालगन्ज स्थित नर्सिङ होममा उपचार भैरहेको अस्पताललाई उद्घत गर्दै प्रहरीले बताएको छ ।

उनको बाया खुटा भाचिनुका साथै बाया हातमा चोट लागेको छ ।

साथै प्रहरीले ट्याक्टर र मोटरसाइकललाई नियन्त्रणमा लिई घटना बारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २०८१ असार ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *