
यमकला भुसाल,
लालमटिया, जेठ २२।बिश्व वातावरण दिवसका अवसरमा राप्ती प्राबिधिक शिक्षालयले वृक्षारोपण गरेको छ । उक्त वृक्षारोपण कार्यक्रममा माननीय सांसद रेवतीरमण शर्माले जामुनोको बिरुवा रोपि उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले पृथ्वीको तापक्रम बढ्दै जाँदा वातावरणमा असन्तुलन पैदा हुदै गैरहेको भन्दै पृथ्वीको तापक्रम सन्तुलनमा राख्न वन, वातावरण तथा जैविक विविधताको संरक्षणमा ध्यान दिनुपर्ने बताए ।
यस्तै वातावरण तथा Eco System सन्तुलन राख्न वृक्षारोपणले महत्वपुर्ण भुमिका खेल्ने विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष नेत्र बिक्रम ओलि बताए । सो अवसरमा शिक्षालयका प्रमुख मोतिलाल चौधरीले वातावरण दिबसको शुभकामना दिएका थिए ।
राप्ती प्राविधिक शिक्षालय मौरीघाटका प्रमुख मोतिलाल चौधरीको अध्यक्षतामा भएको बृक्षारोपन कार्यक्रममा प्राविधिक शिक्षालयका विद्यार्थी,शिक्षक लगाएतले करिब ५०० बोटबिरुवा रोपेका थिए ।
