तुलसीपुर, असार १ । तुलसीपुर उपमहानगरपालिका – ६ गोलौरामा ७० बर्षीया एक महिना पानी ट्याङ्कीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेकी छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार ७० बर्षीया शान्ता देवकोटा घर नजिकै पानी ट्याङ्कीमा मृत अवस्थामा फेला परेकी हुन ।
शुक्रबार राति १० बजे देवकोटा घर नजिकको सिंचाइ पानी ट्याङ्कीमा डुबेर मृत्यु भएको अवस्थामा फेला पारिएको प्रहरी निरीक्षक थापाले बताए ।
शब पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।
घटना बारे अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८१ असार १ गते शनिवार
