रोल्पा, जेठ ३० । आजबाट होलेरीमा हाटबजार पुनः सञ्चालनमा आएको छ । तरकारीको सिजन सकिए पछि बन्द रहेको हाटबजार आज बाट सुरु भएको हो ।
१५ वटा स्टल रहेको हाटबजारमा रुन्टीगढीका कृषकहरुले टमाटर, बन्दा,खुर्सानी लगाएत अन्य तरकारीहरु लिएर बिक्री गरेका थिए ।
रुन्टीगढीका कृषकहरुलाई मध्यनजर गरेर सञ्चालन गरेको हाटबजारमा ब्यापारी कृषक लगाएतको सहभागीता रहेको थियो ।
यस वर्षको आजबाट सुरु भएको हाटबजार रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनद्वारा तरकारी तौल गरि उद्घाटन गरिएको हो ।
प्रकाशित मिति : २०८१ जेष्ठ ३० गते बुधवार