२०८३ भाद्र १२ गते शुक्रवार

दाङको तापक्रम फेरि ४० डिग्री सेलसियस भन्दा माथि

तुलसीपुर, जेठ ३० । दाङको तापक्रम फेरि उच्च बिन्दुमा पुगेको छ ।

मंगलबार जिल्लाको अधिकतम तापक्रम ४० दशमलब २ डिग्र्री सेलसियस पुगेको थियो ।

मौसम बिज्ञान बिभाग फिल्ड कार्यालय घोराहीकी प्रमुख श्रीया रिजालका अनुसार मंगलबार बेलुका दाङको अधिकतम तापक्रम उच्च बिन्दुमा पुगेको हो ।

यसअघि जेठ १५ गते पनि दाङको तापक्रम समान ४० दशमलब २ डिग्र्री सेलसियस पुगेको थियो । जुन १२ बर्ष यताकै जिल्लाको उच्च तापक्रम थियो ।


त्यस्तै मंगलबार बिहान मात्रै जिल्लाको न्यूनतम तापक्रम पनि हालसम्मकै उच्च मापन भएको छ । २७ दशमलब ५ डिग्री सेलसियस भन्दा माथि उक्लिएको छ ।
नेपालको पूर्वी भागमा मनसुन भित्रिएको भएपनि त्यो पश्चिम आइपुग्न अझैं एक दुई दिन लाग्न सक्ने अनुमानहरु गरिएका छन् ।


लामो समयको खडेरी र उच्च तापमानका कारण दिउँसोमा तातो हावा लु चल्न थालेको हुँदा सामान्ने जनजीवन कष्टकर बनेको छ ।

यो पनि :- उफ गर्मी … तस्बिरहरु

प्रकाशित मिति : २०८१ जेष्ठ ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *