२०८३ भाद्र ३० गते मङ्गलवार

गृहमन्त्री रवि लामिछानेविरुद्धकाे मुद्दामा बहस सकियाे

काठमाडौं,जेठ २८ । गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीको मुद्दामा क्लिनचिट दिने महान्यायाधीवक्ताको पत्रविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा बहस सकिएकाे छ। साेमबार न्यायाधीशद्वय मनोज शर्मा र तीलप्रसाद श्रेष्ठको इजलासमा भएको सुनुवाइमा बहस सकिएको हो।

यस मुद्दामा आज बेलुकासम्म आदेश आउने अदालत स्राेतले जनाएकाे छ।

अधिवक्ता अनुपम भट्टराईले रास्वपाका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेकाे निलम्बन माग गर्दै मुद्दा दर्ता गरेका थिए।

गृहमन्त्री लामिछानेलाई सहकारी ठगीमा ‘क्लिनचिट’ दिनेगरी महान्यायाधीवक्ता कार्यालयले पत्र लेखेपछि विवाद सुरु भएको हो।

महान्यायाधीवक्ता कार्यालयले सहकारीका विषयमा कुनैपनि निकायमा अनुसन्धान, जाहेरी र अभियोग नभएको भनी पत्र लेखेपछि त्यसविरुद्ध भट्टराईले रिट पेश गरेका थिए।

उनले सहकारी ठगीमा विभिन्न जिल्लामा जाहेरी परेको अभियोगपत्रमा समेत नाम उल्लेख भएका व्यक्तिको हकमा यसरी पत्र लेख्नु गैरकानुनी र गैरसंवैधानिक हुने जिकिरसहित रिट पेश भएको थियो।

प्रकाशित मिति : २०८१ जेष्ठ २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *