२०८३ जेष्ठ १४ गते बिहिवार

गाउँपालिकाले जेठ ३० देखि होलेरीमा कृषी हाट बजार संचालन गर्दैै

कमल खड्का, रोल्पा, जेठ २४ । होलेरी कृषी हाटबजार फेरि सञ्चालन हुने भएको छ ।

आर्थिक वर्ष २०८१ को हाट बजार जेठ ३० गतेबाट संचालनको तयारी गरिएको होलेरी कृषी हाट बजार सञ्चालक समितिका अध्यक्ष चन्दप्रकाश महराले जानकारी दिए ।

लामो समयदेखि बन्द रहेको हाटबजार गत आर्थिक वर्षदेखि सुरु भएको थियो । रुन्टीगढी गाउँपालिका र बिभिन्न गैर सरकारी संघ सस्थाको आर्थिक तथा प्राबिधिक सहयोगमा हाटबजार सञ्चालनमा आएको हो ।

गत वर्ष हाटबजारबाट १३ करोडको तरकारी होलेरीबाट बिक्रि भएको थियो । गाउँपालिका अध्यक्ष जनक पुनले यो बर्ष झन्डै तीन गुणा बढी कारोबार गर्ने लक्ष्य राखिएको बताए ।


गाउँपालिकाको प्रयासमा गत बर्षदेखि नै होलेरीमा ब्यबस्थित रुपमा हाट बजार लाग्न सुरु भएको हो । गत बर्ष सिजन भन्दा केही ढीलो गरि सुरु भएको हुँदा लक्ष्य अनुसारको कारोबार हुन नसकेपनि यो बर्ष त्यो लक्ष्य पुरा हुने गाउँपालिका अध्यक्ष पुनले आशा ब्यक्त गरे ।

गाउँपालिकाको प्रयासमा बन्द भइ सकेको हाट बजार धेरै समय पछि पुनः सञ्चालन गरिएको हुँदा केही चुनौतिहरु सामना गर्नु परेपनि यो बर्ष त्यस्तो कुनै समस्या नरहेको उनले बताए । हाट बजारमा स्थानीय किसानले खसी– बोकापनि बिक्रि गर्दै आएका छन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *