२०८१ असार ८ गते शुक्रवार

लुम्बिनीमा कृष्णालाई मन्त्री थपेपछि मन्त्रालयको संख्या १२ पुग्यो

दाङ, जेठ २२ । लुम्बिनी प्रदेश सरकार जम्बो बनेको छ । सोमबार बाँकेबाट प्रतिनिधित्व गर्ने नेकपा माओबादी केन्द्रकी नेतृ कृष्णा केसी (नमुना) मन्त्री बनाइएकी हुन ।

केसी उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बनाइएकी हुन । बाँके निर्वाचन क्षेत्र नं १ को ‘१’ बाट निर्वाचित भएकी केसी मन्त्री बनाइएपछि लुम्बिनीमा मन्त्रालयको संख्या १२ पुगेको छ ।


यसअघि नेपाली काँग्रेसका नेतासमेत रहेका डिल्लीबहादुर चौधरी मुख्यमन्त्री छँदा मन्त्रालयको संख्या दश रहेपनि जम्मा नौं जना मात्रै मन्त्री थिए । यतिखेर महराले गठबन्धन दललाई भागबण्डा पु¥याउन मन्त्रालय फुटाएर भएपनि मन्त्री थपेका हुन ।


जस्को आलोचना सुरु भएको छ । मन्त्रीमण्डल बढाए संगै खर्चपनि बढ्ने हुँदा त्यसले थप ब्ययभार थप्ने भन्दै आलोचना हुन थालेको हो । उर्जा मन्त्री केसी यसअघि पनि मन्त्री बनेकी थिइन । मन्त्री बनेकै दिन कृष्णाले सोमबार नै कार्यभार सम्हालेकी थिइन ।
महराल रोल्पाबाट प्रतिनिधित्व गर्ने माओबादीका नेता हुन ।

महराले आफ्नो सरकारको १२औं मन्त्रीका रुपमा केसीलाई मन्त्रीमा नियुक्त गरेका हुन । कृष्णा मन्त्री बनेसंगै अब सरकारले पूर्णता पाएको आन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत रहेका लुम्बिनी सरकारका प्रबक्ता दिनेश पन्थीले जानकारी दिए ।


महरा चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । चैत २५ मा सपथ लिएका थिए । सपथ लिएको दिन महराले आँफै संगै दुई जनालाई बिनाविभागिय मन्त्री बनाएका थिए । महराले वैशाख १२ गते मन्त्रीमण्डल बिस्तार गर्दै ११ सदस्य पु¥याएका थिए । महराले उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय आँफु संगै राख्दै आएका थिए ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा सरकार बनाउन ४४ सांसदको समर्थन चाहिन्छ। राप्रपाका एक सांसद निलम्बनमा परेपछि हाल प्रदेश सभामा ८६ सांसद छन । महरा सुरुमा ४८ सांसदको समर्थनमा मुख्यमन्त्री नियूक्त भएका थिए ।

लुम्बिनीमा एमालेका २९, माओवादीका सभामुखसहित ११, जनता समाजवादीका तीन , नेकपा एकीकृत समाजवादीको एक र स्वतन्त्रका एक जना सांसद मात्रै छन । त्यस्तै नागरिक उन्मुक्ति र चार , जनमतका तीन र लोकतान्त्रिक समाजवादीकापनि तीन सांसद छन।
लुम्बिनीमा कांग्रेसका २७ सांसद, राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन सांसद र राष्ट्रिय जनमोचो एक जना मात्रै सांसद छन् ।


लुम्बिनी सरकारमा सत्तागठबन्धन दल मध्य सबै भन्दा धेरै नेकपा एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालयसहित पाँच मन्त्री, माओवादीका मुख्यमन्त्रीसहित तीन मन्त्री,चार प्रदेशसभा सदस्य रहेको नागरिक उन्मुक्तिलाई एउटा मन्त्री,तीन प्रदेशसभा सदस्य रहेको जनता समाजवादी पार्टीलाई पनि एक मन्त्री, एउटा मात्रै समानुपातिक प्रदेशसभा सदस्य रहेको नेकपा (एकीकृत समाजवादी)लाई एउटा मन्त्री र एक जना स्वतन्त्रबाट निर्वाचित ब्यक्ति मन्त्री बनाइएका छन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *