२०८२ बैशाख ११ गते बुधवार

मेलुवा चौधरी मृत्यु प्रकरण – धरौटीमा छुटे मामा भान्जा

तुलसीपुर , जेठ २० । तुलसीपुर उपमहानगरपालिका – १२ टरिगाउँका ५० बर्षीय मेलुवा चौधरी मृत्यु प्रकरण पछि पक्राउ परेका मामा– भान्जा तत्कालका लागि धरौटीमा छुटेका छन् ।


चौधरी जेठ २८ गते स्थानीय तरुण सामुदायिक वनमा आत्महत्या गरेको अवस्थामा फेला परेका थिए । उनी सोही वनका चौकीदार थिए ।


त्यसपछि चौधरीकी बुहारी २८ बर्षीया उमा चौधरीले तुलसीपुर – १२ का ४४ बर्षीय नारायणप्रशाद कँडेल र घोराही उपमहनगरपालिका – ३ गोग्लीका ३३ बर्षीय सञ्तोष घिमिरेका बिरुद्ध इलाका प्रहरी कार्यालय तुलसीपुरमा आत्महत्या दुरुत्साहनको जोहेरी दिएकी थिइन ।


सञ्तोष तुलसीपुर – १२ स्थित ग्वारखोला बगर किनारको कँडेलले बिगतदेखि नै चर्चिदै आएको जग्गामा पाँच बर्ष यता च्याउ खेती गर्दै आएका थिए । त्यो च्याउ खेतिमा बैशाख १९ गते दिउँसो आगलागी भएको थियो । सञ्तोषले आगलागी पछि मामा नारायण र माउली हजुर बुवा ७९ बर्षीय चुँडामणि कँडेलको हात रहेको भन्दै जाहेरी दिएका थिए ।

त्यसैले नारायण भने बैशाख २१ गते नै पक्राउ परि सकेका थिए । बृद्ध चुँडामणिलाई एक दिन हिरासतमा राखेर उमेरका कारण प्रहरीले छाडेको थियो ।


मामा – भान्जाका बीचमा जग्गाको भाडा नदिएको , जग्गा आँखा गाडेको जस्ता कारणहरुले गर्दा बिबाद बढ्दै गएको थियो । त्यसअघि माघ १ गते मामा र भान्जाका बीचमा च्याउ खेती फर्ममै कुटाकुट भएको थियो । मामाको आक्रमण बाट भान्जाको एउटा हात नै फ्याक्चर भएको थियो ।

आगजनी मुद्दामा ४४ बर्षीय छोरा नारायणप्रशाद कँडेललाई एक लाख ५० हजार र उनका बृद्ध बाबु ७९ बर्षीय चुडामणि कँडेल ५० हजार धरौटीमा रिहा भएका हुन ।

दाङ जिल्ला अदालतकी न्यायाधीश ताराकुमारी शर्माको इजलाशले शुक्रबार उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।
यो मुद्दामा अन्तिम फैसला हुन भने बाँकी नै छ ।

यो पनि :- मेलुवा चौधरी मृत्यु प्रकरण – मामा–भान्जा प्रहरी हिरासतमा

प्रकाशित मिति : २०८१ जेष्ठ २० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *