२०८१ असार ९ गते शनिवार

मेलुवा चौधरी मृत्यु प्रकरण – मामा–भान्जा प्रहरी हिरासतमा

तस्बिर : फरककोण

तुलसीपुर, जेठ १६ । दाङको तुलसीपुर उपमहानगरपालिका – १२ टरिगाउका ६० बर्षीय मेलुवा चौधरीको मृत्यु प्रकरणमा मामा–भान्जा पक्राउ परेका छन् ।

स्थानीय तरुण सामुदायिक वनका हेरालु (चौकीदार) समेत रहेका चौधरी बैशाख २८ गते वन भित्रैको रुखमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका थिए ।


त्यसपछि मेलुवाकी बुहारी २८ बर्षीया उमा चौधरीले तुलसीपुर – १२ टरिगाउँका ४४ बर्षीय नारायणप्रशाद कँडेल र घोराही उपमहानगरपालिका – ४ घर भइ बिगत केही बर्ष यता तुलसीपुर – १२ जलकुण्ठीमा ‘बहुउदेश्यीय कृषी फर्म’ संचालन गर्दै आएका ३३ बर्षीय सञ्तोष घिमिरे बिरुद्ध किटानी जाहेरीसहित आत्महत्यादुरुत्साहन सम्बन्धि उजुरी दायर गरेकी थिइन ।


सोही जाहेरीका आधारमा दुबै जनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रशाद पोख्रेलले फरककोणलाई बताए ।
ममा नारायणप्रशाद कँडेल बैशाख २१ गते पक्राउ परेका थिए भने भान्जा सञ्तोष घिमिरे बैशाख ३१ गते पक्राउ परेका थिए ।
त्यसयता उनीहरु दुबैजना प्रहरी हिरासतमा छन् । भान्जाको जाहेरीले मामा सुरुमा पक्राउ परेका थिए । फेरि त्यसमा अर्कौ पनि उजुरी परेपछि उनीहरु दुबै जना प्रहरी हिरासतमै छन् ।

भएको के थियो ?

बैशाख १९ गते दिउँसो मध्यान्ह तिर सञ्तोष घिमिरेले बिगत पाँच बर्षयता संचालन गर्दै आएको च्याउ फर्ममा आगलागी भएको थियो । आगलागी बाट फर्ममा रहेका च्याउ, च्याउ उत्पादन गर्नका लागि आवश्यक कच्चा पदार्थ केही औजार तथा मेसिनहरुका साथै गोदमघर पनि जलेर नष्ट भएको थियो ।
भान्जा सञ्तोषले च्याउ खेती गर्दै आएको जग्गा ऐलानी भएपनि त्यो जग्गा बिगतदेखि नै मामा नारायणको परिवारले चर्चिदै आएको थियो ।


सञ्तोषले मासिक डेढ लाख भाडा तिर्ने सर्तमा ग्वारखोला बगर छेउ जलकुण्ठीस्थित जग्गा भाडामा लिएपनि भाडा तिरेका थिएनन् । त्यसका साथै जग्गा ऐलानी भएको हुँदा त्यो जग्गा माथि सञ्तोषले पनि हकदाबी गर्न थालेका थिए । प्रहरीका अनुसार मामा नारायण र उनको परिवार जसरी पनि भान्जालाई त्यहाँबाट हटाउन खोजी रहेका थिए ।

यो बीचमा माघ १ गते दिउँसो १२ बजेतिर सञ्तोषका मामा ४४ बर्षीय नारायणप्रशाद कँडेलका बीच च्याउ फर्ममै कुटाकुट भयो । मामाको कुटपिट र आक्रमणबाट भान्जा सञ्तोषको दाहिने हात नै फ्याक्चर हुन्छ ।

बैशाख १९ गते फेरि मध्यान्हमा सञ्तोषको च्याउ फर्ममा आगलागी हुन्छ । त्यो आगलागी पछि सञ्तोष घिमिरेका साथै नारायाणप्रशाद कँडेल दुबैले निर्दौश मेलुवा चौधरीलाई अनेकन दबाब सृजना गर्न थाल्छन् । सञ्तोषहरु आगजनी मामा नारायणप्रशाद कँडेल र उनकै समुहले गरेको हो भन्ने जिकिरका साथ मेलुवा बिरुद्ध दबाब सृजना गर्दैै गएको हुन्छ भने अर्काै तर्फ मामा नारायणप्रशाद कँडेलहरु पनि मेलुवालाई कुनै कुरा नखोल्न र त्यसो भएमा दुईका बीचमा लफडा हुने कुराहरु दबाब दिइ रहेका हुन्छन् ।


मामा–भान्जा बीचको निरन्तरको त्यही दबाब र तनाब सहन नसकी आफ्ना ससुरा मेलुवाले आत्महत्या गरेको जिरहसहित बुहारी उमाले प्रहरीमा जाहेरी दिएकी छन् ।
यो मुद्दा बारे प्रहरीले आफ्नो अनुसन्धान सकेर मिसिल तयार पारी बुधबार नै सरकारी वकिल कार्यालयमा बुझाएको डिएसपी पोख्रलले बताए ।


उमाले आँफु जस्ता गरिब र निर्दौश ब्यक्तिलाई दुबै पक्षबाट अनेक दबाब र तनाब दिइ ससुरा मर्न बाध्य भएको भन्दै न्याय पाउनु पर्ने माग गरेकी छन् । साथै भान्जा सञ्तोषले मामा नारायण र माउली हजुर बुवा ७९ बर्षीय चुडामणि लगाएतका बिरुद्धमा ज्यान उद्योग र आगजनीको घटनामा पनि किटानी जाहेरी दिएका छन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *