
यमकला भुसाल,
तुलसीपुर, जेठ २१ । महिला माथी हुने हिसां रोक्न सामाजिक सरचंना र सोच परिवर्तन गर्नुपर्ने एक कार्यक्रमका सहभागीले जोड दिएका छन । महिला मानव अधिकार रक्षक सञ्जाल दाङले सोमवार तुलसीपुरमा आयोजना गरेको महिला हिसांको अवस्था र चुनौती विषयक न्यायीक समितीका पदाधिकारीसगं १ दिने कार्यशाला गोष्ठीमा बोल्ने सहभागीले यस्तो जोड दिएका हुन । उनीहरुले भने–‘अब व्यक्तीलाई महत्व दिएर होइन,सोच र पारिवारिक चरित्र बदल्न जरुरी छ’ ।
महिला मानव अधिकार रक्षक सञ्जाल दाङकी अध्यक्ष हुमा डिसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख तथा न्यायीक समिति सयोजंक माया आचार्यले न्यायीक समितिले प्रक्रियामा गएर महिलाका विभिन्न खालका विवादहरु समाधान गर्दे आएको बताइन । उपमहानगरपालिकामा मेलमिलाप गर्ने छुट्टै कोठा नहुँदा काम गर्न कठिनाई भएको छ,उनले भनिन – तर त्यसलाई पनि मिलाएर हामीले सहज तरिकाले व्यवस्थीत रुपले काम गरिरहेका छौँ ।
यस्तै कार्यक्रममा बोल्दै बबई गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायीक समिती सयोजंक सावित्री विकले न्यायीक समितीमा कर्मचारी अभावका कारण कार्यविधि अनुसार सिस्टममा जान नसकेको बताइन । उनका अनुसार गाउँपालिकामा गत वर्ष ७० मुद्धा मध्ये सबै समाधान गरिएको थियो । यस्तै यस वर्ष अहिले सम्म ५४ मुद्धा भएको र ति मुद्धाहरु प्रक्रियाको क्रममा रहेका छन । बबई गाउँपालिकामा सम्बन्ध विच्छेदका विवादहरु धेरै आउने गरेको उनको भनाई छ ।
यस्तै दगिंशरण गाउँपालिका न्यायीक समिती सदस्य हिरा चौधरीले गएको १ वर्षमा सोचे भन्दा बढी विवादहरु आएको र त्यस विचमा न्यायीक समितीमा १ कर्मचारीको अन्तै सरुवा भएपछि विवाद मिलाउन समस्या भएको बताइन । उनका अनुसार गाउँपालिकामा देवानी सम्बन्धी विवाद धेरै आउने गरेका छन ।
यस्तै कार्यक्रममा बोल्दै महिला मानव अधिकार रक्षक सञ्जालकी केन्द्रिय सचिव लक्ष्मी आचार्यले देशमा ३ तहको सरकार आए पनि महिला हिसां नरोकिएको बताइन । उनले भनिन – महिला मैत्री समाज बनाउने कुरा बोलिमा मात्र सिमित छन,बोलेर मात्र हुदैन अब व्यवहारमा पनि लागु गर्नुपर्छ । उनले महिलामैत्री सोच र चिन्तनमा आधारित सोचका साथ अघि बढ्नुपर्ने बताइन । हिसांको प्रमुख कारण भनेको समाजमा परम्परागत रुपमा विद्यमान धर्म,परम्परा तथा कुरीती र त्यसमा आधारीत विश्वास प्रणालीको ढाचाँ भएको बताइन । उनले भनिन– हिसांमा परेका महिलालाई सरक्षण गर्न घटना फेरी नदोहोरीयोस भन्नका लागी पिडकबाट मात्र होइन सबै पक्षबाट सरक्षण प्रदान गर्नुपर्छ ।
सो अवसरमा तुलसीपुर उपमहानगरपालिकाका न्यायीक समितीका कानुनी सल्लाहाकार यादव डागीँ,ओरेक जिल्ला सयोजंक इश्वरी थापा,अधिकारकर्मी सुस्मा गिरी लगाएतले महिला हिसां सम्बन्धी सचेतना कार्यक्रमहरु धेरै मात्रामा गर्नुपर्ने बताए । महिला मानवअधिकार रक्षक सञ्जालकी सदस्य सितारा नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीरकण सचिव पदमा चौधरीले गरेकी थिइन् ।
