२०८१ असार १० गते आइतवार

बिनिल केसी मोरु डिजिटल वालेटको अध्यक्ष चयन

दाङ, जेठ १८ । मोरु डिजिटल वालेट (पेनेप) प्रालिको केन्द्रीय अध्यक्षमा विनिल केसी चयन गरिएका छन् ।

शुक्रबार केसीलाई नेपाल राष्ट्र बैँकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुणाकर भट्टले सपथ ग्रहण गराएका हुन । सपथग्रहण लगत्तै केसीले आफ्नो पदभार सम्हालेका थिए ।


मोरु डिजिटल वालेटका नेपालमा झन्डै १४ लाखले कारोबार गरि रहेका छन् । मोरु सुविधाजनक र सुरक्षित क्यूआर भुक्तानी गर्न मिल्ने डिजिटल वालेट हो । प्रयोगकर्ताले फोनपे नेटवर्कमार्फत सहज रुपमा कारोबार गर्न सक्छन् ।

बिनिल केसी तुलसीपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष हुन । जो बिगत १८ बर्षदेखि ब्यबसायमा आवद्ध रहँदै आएका छन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *