२०८३ साउन २८ गते बिहिवार

कहाँ छ प्रदेश ? प्रदेशको औच्यित्य नै शिद्धि सक्यो – डिल्लीबहादुर चौधरी (अडियोसहित)

फाइल फोटो। फोटो : राजेश खत्री

दाङ, जेठ २१ । नेपाली काँग्रेसका नेता तथा प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरीले प्रदेशको सरकारको औचित्य शिद्धि सकेको बताएका छन् । रेडियो सञ्जिवनीको ‘सञ्जिवनी सवालमा’ मंगलवार पत्रकार नारायण खड्का संगको संवातमा सार्वजनिक लेखा समितिका सभापति समेत रहेका चौधरीले त्यस्तो तर्क गरेका हुन । ‘अब प्रदेश त शिद्धि सक्यो, तपाँईले कहाँ प्रदेशको कुरा गर्दै हुनुहुन्छ,’ सांसद चौधरीले प्रश्न गर्दै भने ‘ केपी ओलीको सरकारले १६ अरव पैंशा दिएको छ ।

त्यसमध्य ६÷७ अरव जति जनप्रतिनिधि र कर्मचारीको तलव भत्तामा जान्छ । विकासमा खर्च गर्ने पैंशा नै नबचे पछि प्रदेश शिद्धिएन।’ ओली सरकारले सबै आफ्नो मातहतमा राखेको हुँदा प्रदेश सरकारको औचित्य समाप्त भइसकेको उनले बताए । ‘प्रदेश सरकार भन्दा त एउटा प्रोजेक्ट नै ठूलो छ । रेलवे प्रोजेक्ट,पानी जहाज प्रोजेक्ट ठूलो छ,’ सांसद चौधरीले भने ‘ स्थानीय तहलाई त कुल बजेटको २८ प्रतिसत छ । त्यसमध्य ८ प्रतिसत १० प्रतिसत तलव भत्ता र खर्चमै जान्छ ।

त्यसैले अहिले प्रदेशवाट विकास खोज्नु जनताको भुल हो।’ उनले ओली सरकारले संघीयताको मर्मविपरित सबै आँफु मातहतमा राखेको र जनप्रतिनिधिलाई तलव खाउ बस भन्ने खालको मात्रै वातावरण सृजना गरेको चौधरीले बताए । ‘यही अवस्था रहे प्रदेशबाट विकासको कुरा त छोडौं अर्को पाँच बर्षपछि तपाँईले देख्नु हुन्न,’ चौधरीले भने । प्रदेश सरकार मात्रै हैन आँफुहरु लगाएत कसैको पनि औचित्य नरहेको उनले बताए । उनले अहिलेको सरकारले पानी जहाँज र रेलवेको बाँडेको सपना जत्तिपनि प्रदेशलाई विकास गर्ने बजेट नछुट्याएको भन्दै प्रदेशको औचित्य नरहेको भन्ने तर्क प्रस्तुत गरे ।

‘अहिले सम्म हामी प्रदेश सांसद भएर बस्नु नबस्नुको औचित्य छैन,’ चौधरीको प्रश्न थियो ‘किन यत्तो संरचना बनाउने ? किन हामीले फोकटमा तलव खाएर बस्ने ?’ प्रदेश सांसद चौधरीले हिजो पंचायत कालमा विभागहरु रहेजस्तै गरि प्रदेश सरकारलाई ओली सरकारले विभाग सरह बनाइदिए फरक नपर्ने धारणा राखे । यस्तै चाला कायमै रहने हो भने प्रदेश सरकार राख्नुको औचित्य नरहेको उनले बताए । संघीयता अहिलेको सरकारले छिट्टै मास्न खोजेको उनको आरोप छ ।

उनले प्रेस स्वतन्त्रतालाई कुन्ठित पार्ने गरि सरकारले सदनमा प्रस्तुत गरेको मिडिया विद्येक नेपाली काँग्रेसले कुनैपनि हालतमा पारित हुन नदिने बताए । ‘प्रेस स्वतन्त्रता, मानवअधिकार, स्वतन्त्र न्यायपालिका र सेना लोकतन्त्रमा हुनुपर्छ । त्यसका लागि काँग्रेस सदन र सडकमा संघर्ष गर्न तयार छ,’ चौधरीले भने । लोकतन्त्र र विधिको साशनको रक्षाको लागि काँग्रेस विगतका जस्तै सडकमा आउने तथा त्यसले कम्युनिष्टहरुको स्थिति राजतन्त्रको जस्तै हुने भविस्यवानी गरे ।

प्रकाशित मिति : २०७६ जेष्ठ २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *