दाङ, जेठ १७ । बाँकेको जानकी गाउँपालिका – २ फलपुरुवाका ५५ बर्षीय प्रेमलाल कुर्मीको हत्या आरोपमा तीन जना पक्राउ परेका छन् ।
प्रहरीले स्थानीय ४० बर्षीया महिलका तेली, सोही ठाउँका ५० बर्षीय नक्कु लोनिया र ५० बर्षकै रतिराम कोरीलाई पक्राउ पछि सार्वजनिक गरेको छ । कर्मीको बैशाख २७ गते सर्टले घाँटी कसेर हत्या गरेको अवस्थामा शब फेला परेको थियो ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी नारायण डाँगीले जिल्ला अदालतले पक्राउ परेका तीन जनालाई सात दिन थुनामा राखेर घटना अनुसन्धान गर्न म्याद दिएको जानकारी दिए ।
आरोपित तीन जनालाई बुधबार पक्राउ गरिएको बताए । कुर्मीका छोरा रामकुमार बर्माले जेठ १४ गते तीन जना बिरुद्ध कतब्र्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए ।
त्यो उजुरीको पछि प्रहरीले जिल्ला अदालतबाट तीन जना बिरुद्ध जेठ १४ गते नै पक्राउ गर्न पुर्जी लिएको थियो ।
प्रकाशित मिति : २०८१ जेष्ठ १७ गते बिहिवार