२०८१ असार ८ गते शुक्रवार

आगामी आर्थिक बर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट प्रस्तुत

दाङ, जेठ १५ । सरकारले आगामी आर्थिक वर्ष २०८१ ÷ ०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रूपैयाँको बजेट प्रस्तुत गरेको छ ।

अर्थमन्त्री बर्षमान पुनले मंगलबार प्रस्तुत गरेको १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट मध्य , चालु खर्च तर्फ ११ खर्ब ४० अर्ब, पुँजीगत खर्च तर्फ ३ खर्ब ५२ अर्बर वित्तीय व्यवस्थापन खर्च तर्फ पनि ३ खर्ब ५२ अर्ब रहेको छ ।

राजस्व बाट १२ खर्ब ६० अर्ब ३० करोड संकलन हुने प्रक्छेपन गरिएको छ । त्यस्तै वैदेशिक अनुदान बाफत ५२ अर्ब ३३ करोड रुपैंया प्राप्ते हुने अर्थमन्त्री बर्षमान पुनले उल्लेख गरे ।

गत बर्ष १७ खर्ब ५१ अर्ब रूपैयाँको बजेट प्रस्तुत गरिएको थियो । त्यसमध्य हालसम्म १ खर्ब १५ अर्ब रूपैयाँ मात्रै खर्च भएको छ। चालु वर्षमा १४ खर्ब बजेट खर्च हुने अनुमान गरिएको छ ।

यो बर्ष गत बर्ष भन्दा चालु खर्च र पुँजीगत खर्चमा बजेट बढाएर प्रस्तुत गरिएको छ ।

राजस्व स्रोत गत वर्षको लक्ष्यको तुलनामा १२ अर्ब बढ्ने लक्ष्य राखिएको छ। गत वर्षको तुलनामा ४१ प्रतिशतले राजस्व बढ्ने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *