२०८१ असार ८ गते शुक्रवार

नेपाली काङ्ग्रेस दाङ प्रदेश २(२) काे शुभकामना आदानप्रदान कार्यक्रम

दाङ, जेठ १२ । नेपाली काङ्ग्रेस दाङ प्रदेश २(२) काे आयाेजनामा नयाँ वर्ष २०८१ काे अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ ।

जिल्लाकाे गढवा गाउँपालिका वडा नम्बर २स्थित कुलपानीमा एक कार्यक्रमकाे आयाेजना गरी शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेकाे हाे ।

कार्यक्रममा बाेल्दै नेपाली काङ्ग्रेस दाङ जिल्ला सभापति तथा प्रमुख अतिथि शंकरप्रसाद डाँगीले वर्तमान राजनीतिक ध्रुवीकरणका बारेमा जनतालाई बुझाउन काङ्ग्रेस लाग्नुपर्ने भएकाे बताए । राष्ट्रिय एकताका विषयमा काङ्ग्रेस दृढ हुनुपर्छ । राजनीतिक ध्रुवीकरण हुँदै गर्दा जातीयताका नाममा, समुदायका नाममा, धर्मलगायतका नाममा ध्रुवीकरण गर्न सत्ता साझेदार दलहरू लागिपरेका छन्, यसलाई चिर्न काङ्ग्रेस एक ढिक्का भएर लाग्नुपर्छ ।´ सभापति डाँगीले थपे,काङ्ग्रेस मञ्चका कार्यक्रमलाई न्यूनीकरण गर्दै जनतासँग प्रत्यक्ष जाेडिने कार्यक्रम गर्नुपर्छ । जनताका समस्या सुन्ने र समाधान गर्ने प्रवृत्तिका कार्यक्रम तय गर्न आवश्यक छ । अब काङ्ग्रेसले यसै प्रवृत्तिका कार्यक्रम गर्ने छ । काङ्ग्रेस जनतासँग रहँदै आएकाे पार्टी हाे र जनतासँग रहने कार्यक्रम गर्छ । ´

कार्यक्रमलाई सम्बाेधन गर्दै लुम्बिनी प्रदेशका सांसद तथा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका प्रवक्ता प्रचण्ड विक्रम न्याैपाने (गुन्टु) ले संगठनलाई सुदृढ बनाउन पार्टीका हरेक तहबाट सक्रिय रूपमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

`राष्ट्र र राष्ट्रियताका पक्षमा सधै बलियाे रूपमा उभिएकाे काङ्ग्रेसले राष्ट्रिय राजनीतिमा उत्पन्न हुँदै गरेकाे राजनीतिक धमिलाेका विरूद्धमा पार्टी उभिने बेला आएकाे छ । पार्टीभित्र एकताबद्ध भएर अगाडि बढ्नेबेला आएकाे छ । काङ्ग्रेस राजनीतिक विसङ्गतिका बिरूद्ध लड्दै आएकाे पार्टी हाे र लड्छ अनि लडिरहन्छ ।´ कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका सांसद न्याैपाने बताए ।

कार्यक्रममा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका सदस्य जानुका केसी, नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर २ का सभापति भीमप्रकाश खड्का र नेपाली काङ्ग्रेस दाङ प्रदेश १( १) का सभापति श्रीपत चाैधरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


प्रदेश २(२) का सभापति अभियान बस्नेतकाे सभापतित्वमा कार्यक्रम सम्पन्न भएकाे थिया ।
कार्यक्रममा धन्यवाद ज्ञापन प्रदेश २(२) का उपसभापति ज्ञानबहादुर खत्रीले गरेका थिए भने कार्यक्रमकाे सहजीकरण प्रदेश २ (२) का सचिव तिलक केसीले गरेका थिए ।

प्रकाशित मिति : २०८१ जेष्ठ १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *