२०८२ असार ९ गते मङ्गलवार

मंगलबार सुनको मूल्य कति ?


काठमाडौं,जेठ ८ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १२०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज छापावाला सुन तोलामा १ लाख ४० हजार ६०० रुपैयाँ र तेजाबी सुन तोलामा १ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन तोलाको १ लाख ४१ हजार ८०० रुपैयाँ तेजाबी सुन १ लाख ४१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसतै, चाँदीको मूल्य पनि आज तोलामा २५ रुपैयाँले घटेर १ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार १ हजार ९४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८१ जेष्ठ ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *