२०८३ भाद्र २७ गते शनिवार

५०३ मत गन्दा बिनिल ४० मतले अगाडि

तुलसीपुर , बैशाख ३० । तुलसीपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चुन्नका लागि शनिबार भएको निर्वाचनको मतगणना जारी छ । ५०३ मत गन्दासम्म नेपाली काँग्रेसका उम्मेदवार बिनिल केसीको अग्रता छ ।

बिनिल केसीले २६५ मत प्राप्त गरेका छन् भने गठबन्धनका उम्मेदवार ललितजंग शाहले २२५ मत प्राप्त गरेका छन् । अहिले सम्म बिनिल प्रतिष्पर्धी ललित भन्दा ४० मतान्तरले अगाडि छन् ।
मध्य रातिबाट सुरु मत गणना करिब ५०० मत गन्न झन्डै ५ घन्टा जति लागेको छ । पछिल्लो मत परिणम बिहान पौने ५ बजेको हो ।

अझैं २३०० बढी मत गणना हुन बाँकी छ । मतदानमा २८८० मत खसेको थियो । तुलसीपुर उद्योग बाणिज्य संघमा कुल ३४७१ मतदाता थिए । ती मध्य ५९१ जना मतदान गर्न आएनन् ।

हालसम्मको निर्वाचन परिणाम अनुसार उद्योग उपाध्यक्षमा भने गठबन्धनका बिश्व बस्नेत अगाडि छन् । उनले २८६ मत प्राप्त गर्दा काँग्रेसका हेमेन्द्र खड्काले १८७ मत प्राप्त गरेका छन् ।
बाणिज्य उपाध्यक्षमा पनि गठबन्धनकै उम्मेदवार नरेशराज भण्डारी अगाडि छन् । उनले २७५ मत प्राप्त गर्दा काँग्रेसका खुसल राम शर्माले १९३ मत प्राप्त गरेका छन् ।


त्यस्तै खुल्ला उपाध्यक्षमा काँग्रेसका देबबहादुर केसी अगाडि छन् । केसीले २५६ मत प्राप्त गर्दा गठबन्धनका डिल्लीबहादुर वलीले २१६ मत प्राप्त गरेका छन् ।

महासचिव पदमा पनि काँग्रेसका केशवराज केसी अगाडि छन् । केसीले २६१ मत प्राप्त गर्दा गठबन्धनका नरेन्द्रकुमार डाँगीले २०६ मत प्राप्त गरेका छन् ।


कोषाध्यक्ष पदमा पनि काँग्रेसका रुपेश शर्मा अगाडि छन् ।
शर्माले २७३ मत प्राप्त गर्दा गठबन्धनका शेषकान्त ढकालले १८२ मत प्राप्त गरेका छन् ।
सचिवमा पनि काँग्रेसका नबिन राइको अग्रता छ । राइले १६९ मत प्राप्त गर्दा गठबन्धनका भुपाल रावतले ११७ र स्वतन्त्र उम्मेदवार चन्दन वलीले १४४ मत प्राप्त गरेका छन् ।


सह–कोषाध्यक्षमा पनि काँग्रेसका दिपेश भण्डारीले अग्रता लिइ रहेका छन् । भण्डारीले २१६ मत प्राप्त गर्दा गठबन्धनका किशोरकुमार वलीले १८२ मत प्राप्त गरेका छन् ।

तुलसीपुर उद्योग बाणिज्य संघको नेतृत्व चुन्न बिहान ८ बजेदेखि बेलुका झन्डै ७ बजेसम्म मतदान भएको थियो । सुरुमा मतदानको अबधि ५ बजेसम्म तोकिएको थियो । बर्षाका कारण झन्डै आधा घन्टा जति मतदान स्थगित हुन पुगेको थियो । त्यो अबधिलाई जोडेर मतदानको समय साढे ५ बजेसम्म थपिएको थियो । त्यो अबधिमा लाइनमा पुगेका र डोरी भित्र प्रबेश गरेका सबैले मतदान गर्न पाएका हुन ।

निर्वाचन समितिका संयोजक प्रबिण लम्सालले झन्डै ८२ प्रतिसत बढी मतदान भएको बताए ।

तुलसीपुर उद्योग बाणिज्य संघमा आगामी नेतृत्वको लागि यसअघिका महासचिव बिनिल केसी र उपाध्यक्ष ललितजंग शाहको प्यानल प्रतिष्पर्धामा उत्रिएका छन् ।


केसीको टिम नेपाली काँग्रेसको सिफारिसमा र टिकट नपाएपछि रुष्ट बनेका शाह काँग्रेसकै भएपनि नेकपा एमाले, नेकपा माओबादी केन्द्र लगाएतका दलहरुको साझा उम्मेदवार बनेका थिए ।
हालसम्मको केसी र शाहका बीचमा कडा प्रतिष्पर्धा भइ रहेको छ ।

प्रकाशित मिति : २०८१ बैशाख ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *