२०८३ भाद्र १० गते बुधवार

सल्यानमा नाबालिक छात्रा बलात्कार आरोपमा ट्रक चालक पक्राउ

दाङ, बैशाख २८ । सल्यानका एक जना ट्रक चालक १४ बर्षीया नाबालिका बलात्कार आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको बनगाउँड कुपिन्डे नगलपालिका वडा नं. ९ का २८ बर्षीय बीरबहादुर डाँगी रहेका छन् ।

पक्राउ परेका डाँगी बिबाहित ब्यक्ति हुन । उनको घरमा श्रीमति र बालबच्चा समेत रहेको प्रहरीले जानकारी दिएको छ ।आरोपित डाँगीलाई प्रहरीले बैशाख २६ गते पक्राउ गरेको थियो ।

त्रिबेणी गाउँपालिकाकी सरकारी बिद्यालयमा अध्यनरत एक जना कक्षा – ९ मा छात्रालाई रातको समयमा जंगलमा पु¥याइ जबरजस्ती बलात्कार गरेको डाँगीमाथि आरोप रहेको छ । ट्रक चालक डाँगीले बैशाख १० गते राति ११ बजेतिर बालिकालाई घरदेखि केही पर जंगलमा पु¥याइ बलात्कार गरेको पीडितले जाहेरीमा उल्लेख गरेकी छन् ।


‘सामान किनेर ल्याइदिएको छु लिन आउ भन्दै ललाइ फकाइ घर नजिकै जंगलमा पु¥याइ बलात्कार गरेको भन्ने बेहोराको किटानी जाहेरी डाँगीका बिरुद्ध परेको छ,’ एक जना प्रहरी अधिकारीले भने ।

पीडित बालिकाले इलाका प्रहरी कार्यालय लुहाममा डाँगी बिरुद्ध किटानी जाहेरी दिएकी थिइन ।
जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक भवानीप्रशाद धमलाका अनुसार सोही जाहेरीका आधारमा आरोपितलाई बैशाख २६ गते पक्राउ गरिएको थियो ।


पीडित बालिकाका बुवा आमा दुबै जना रोजगारीका लागि बिदेशमा छन् । ट्रक चालक डाँगीले यात्रा क्रममा बालिकासंग चिनजान गरेका थिए । सोही चिनजानका आधारमा उनले बालिकालाई भान्जी भन्ने गर्थे ।


डाँगी इलाका प्रहरी कार्यालय लुहामको प्रहरी हिरासतमा रहेका डाँगीलाई जिल्ला अदालतले घटना अनुसन्धान गर्न बिहीबार चार दिनको म्याद थप गरेको छ ।

प्रकाशित मिति : २०८१ बैशाख २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *