२०८२ मङ्सिर २२ गते सोमवार

“लोकतन्त्रको स्थापना विना मानवअधिकार हुदैन”

यमकला भुसाल,
तुलसीपुर, जेठ १९ । मानव अधिकार तथा शान्ति समाज दाङ शााखाले आफ्नो २४ औ स्थापना दिवस मनाइएको छ । आइतवार तुलसीपुरमा आयोजित २४ औ स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक अगुवा टिकाराम रेग्मीले लोकतन्त्रको स्थापना विना मानवअधिकार नहुने बताए ।

उनले भने,–लोकतन्त्र स्थापना विना मानवअधिकार हुदैन,अब मानवअधिकार,शान्ति,लोकतन्त्र र अहिंसालाई मान्यतामा राख्दै उज्यालो छर्न तर्फ लाग्नुपर्छ । नागरिक समाज दाङका सल्लाहाकार समेत रहेका रेग्मी नेपालको लोकतन्त्र र शान्तिको आन्दोलनमा शान्ति समाजले गरेको योगदान स्मरण गर्दै शान्ति समाज जस्ता संस्थाहरुको निरन्तर खबरदारीले नै विधिको शासनको पालनामा बल पुग्ने धारणा समेत व्यक्त गरे ।

यस्तै मानव अधिकार तथा शान्ति समाजका सस्थापक सभापती तथा अधिबक्ता मोहन प्रसाद धितालले राज्य र बिद्रोही पक्षले शान्ति समाजले उठाएका कुरालाई हल्का रुपमा लिएको भन्दै गुनासो गरे । उनले भने – स्थापना देखि शान्ति समाजले उठाएका कुरा राज्य र विद्रोही पक्षले हल्का रुपमा लिदै आएका अब नयाँ ढगंले शान्तिपुर्ण रुपले उत्रनुपर्छ । पछिल्लो समय मानव अधिकार उल्लघनका घटनाहरु धेरै मात्रामा आउने गरेको भन्दै अधिबक्ता धितालले अब राजनितिक योजनाका साथ समाज निमार्ण गर्न एक जुट भएर लाग्नु पर्ने बताए ।

कार्यक्रममा बोल्दै अधिबक्ता डिल्लीराज धितालले हिंसा प्राप्त गरेको मानवअधिकार दिगो हुन नसक्ने बताए । उनले भने – जब सम्म मानव जिवित रहन्छ तव सम्म मानवअधिकार उल्लघनका घटनाहरु भइ नै रहन्छन । साथै उनले अव दण्डहिनताको अन्त्य र सम्बृद्धिका लागि सबै जुट भएर लाग्नुपर्ने समेत बताए ।

मानव अधिकार तथा शान्ति समाज दाङका अध्यक्ष सरद रेग्मीको अधयक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाली काग्रेस दाङका नेता सुरेन्द्र खड्काले लोकतन्त्र स्थापना भएको दिनलाई कसैले भुल्न नहुने बताए । उनले मानवअधिकार तथा शान्ति समाजले आन्दोलन नभइ अभियान ल्याउन तर्फ लाग्नुपर्ने समेत बताए ।

यस्तै दलित अधिकार तथा सञ्चार अभियान तुलसीपुरका अध्यक्ष तथा अधिकारकर्मी निर्मल नेपालीले आम नेपालीको अधिकारलाई शान्ति समाजले सरक्षण गर्दे आएको बताए । फरक प्रशंगमा उनले सरकारले नयाँ विद्ययक ल्याउन लागेको भन्दै यसले जनताका अधिकारलाई सरकारले खोस्ने प्रयास गरेको आरोप लगाए । साथै उनले राज्यबाटै मानवअधिकार उल्लघनका घटनाहरु भइरहने समेत बताए ।

उक्त कार्यक्रममा सस्थापक सभापती सुरेस हमाल,नेकपाका नेता हुकुमबहादुर बस्नेत,तुलसीपुर उद्योग वाणिज्य सघंका वरिष्ठ उपाध्यक्ष रामप्रसाद चालिसे,अधिकारकर्मी सुस्मा गिरी,एमेनेष्टिी इन्टरनेसनलका अध्यक्ष मोहन सुनार,पुर्व अध्यक्ष रामशरण चौधरी,नेपाल प्रेस युनियनका उपाध्यक्ष नारायण खड्का,पत्रकार बालाराम खड्का,ओरेक नेपालकी कार्यक्रम अधिकृत दिपा अधिकारी लगाएतले नागरिकले अनुभूति गराउने दायीत्व वर्तमान सरकारले गर्न नसकेको बताएका थिए ।

सो अवसरमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय महासचिव सुशिल बस्नेतले अवधारणा पत्र प्रस्तुत गर्दे मानव अधिकार,शान्ति,लोकतन्त्र र अहिसांको कदम अगाडी बढाउदै आएको बताए ।

समाजका उपाध्यक्ष तुलसीराम सुनारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव निर्मला डिसिले गरेकी थिइन ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *