२०८१ जेष्ठ ५ गते शनिवार

बिनिल केसीलाई अग्रिम बधाइको ओइरो

तुलसीपुर, बैशाख २३ । तुलसीपुर उद्योग वाणिज्य संघको नेतृत्वको लागि टिकेटको अन्तिम टुँगो नलाग्दै बिनिल केसीलाई बधाइको ओइरो लाग्न थालेको छ ।


यही बैशाख २९ गते हुन गइ रहेको बाणिज्य संघको निर्वाचनका लागि अहिलेका महासचिव विनिल केसीलाई अबको अध्यक्ष भन्दै बधाइको ओइरो लाग्न थालेको स्रोत बताउँछ । बिगत दुई दिन यता सामाजिक संजालका म्यासेन्जर, फोनबाट केसीलाई बधाइको ओइरो लाग्न थालेको छ ।


नेपाली काँग्रेस भित्र बाणिज्य संघमा अब कस्लाई नेतृत्वमा पठाउने भन्ने बारे केही दिन यता निरन्तर छलफलहरु हुँदै आएको छ । सकभर आइतबार नै त्यसको छिनोफानो गर्ने तयारी रहेको काँग्रेसबाट टिकट बितरणका लागि गठिन समितिका एक नेताले बताए ।


काँग्रेसले आधिकारिक रुपमा उम्मेदवार सार्वजनिक नहुँदै बजारमा बिनिल केसीले अध्यक्षको टिकट पाउने टुँगो लागेको चर्चाहरु भइ रहेका छन् ।


‘ बिनिल केसीलाई अध्यक्षका रुपमा पठाउने कुरा दुई दिन अगाडि नै लगभग टुँगो लागि सकेको हो,’ टिकट वितरण समितिका एक सदस्यले भने ‘ बिनिलको नाममा कुनै समस्या छैन अब अन्य पदहरु कसरी बाँड फाँड गर्ने भन्ने गृहकार्य भइ रहेको हो । तर, यो आधिकारिक रुपमा सार्वजनिक हुन बाँकी छ ।’

टिकट बितरण समितिमा बसेकै ब्यक्तिहरु र नेताहरुले पनि ब्यक्तिगत रुपमा बिनिललाई बधाइ दिदै आएको स्रोत बताउँछ । तर, यसबारे स्वएंम बिनिल भने आधिकारिक रुपमा सार्वजनिक नभइ सकेको अबस्थामा आँफुले केही कुरा बोल्न नमिल्ने बताउँछन् । समितिमा बसेकै ब्यक्तिहरु मात्रै होइन अन्य फरक पार्टीका जिम्मेवार ब्यक्तिहरुले पनि बिनिललाई बधाइन दिन थालेका छन् ।


कतिपय म्यासेन्जरहरुमा पत्रकारहरुलाई समेत बिनिलको नाममा सहमती कायम भइ सकेको कुराहरु पत्रकारहरुलाई पनि पठाएका छन् । बिभिन्न ब्यक्तिहरु बाट पठाइएको त्यस्तो म्यासेजहरुमा अध्यक्षमा बिनिल केसी, उपाध्यक्षमा देबबहादुर केसी र सचिवमा बिमल गौतम टुंगो लागेको कुराहरु लेखिएका छन् ।


तर, यसबारे बुझ्न खोज्दा टिकट वितरण समितिका संयोजक तथा नेपाली काँग्रेस दाङ क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्काले आइतबार बेलुकासम्म प्रतिक्षा गर्न आग्रह गरे ।


बाणिज्य संघमा टिकट वितरणका लागि क्षेत्रीय सभापति खड्काको संयोजकत्वमा पाँच सदस्य समिति यसअघि नै गठन भइ सकेको थियो ।

जस्मा प्रदेश ३ (१) का सभापति देबेन्द्र रिजाल, ३(२) का सभापति खिमबहादुर वली, तुलसीपुर नगरसभापति सुरेश हमाल, प्रजातान्त्रिक उद्योग बाणिज्य संघका अध्यक्ष जनकप्रशाद खराल रहेका छन् । भने उनीहरुको सहयोगका लागि काँग्रेस दाङले सहसचिव राजु आचार्यलाई जिल्ला प्रतिनिधिका रुपमा खटाएको छ ।

यो पनि :- तुलसीपुर वाणिज्य संघका निर्वाचन – मतदाता नामावली प्रकासित

तुलसीपुर वाणिज्य संघको टिकट बितरण गर्न काँग्रेसको संयन्त्रमा को– को छन् ?

प्रकाशित मिति : २०८१ बैशाख २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *