२०८३ असार ६ गते शनिवार

पतञ्जली योग रोग निवारणको रक्तदान

सुरेश श्रेष्ठ
तुलसीपुर, १८ जेठ ।
पतञ्जली योग रोग निवारण केन्द्र तुलसीपुरले रक्तदान कार्यक्रम गरेको छ । समितिको वार्षिक कार्यक्रमअन्तर्गत यो वर्ष रक्तदान कार्यक्रमको दोस्रो रक्तदान कार्यक्रम आज शनिबार गरिएको पूर्णप्रसाद धितालले जानकारी दिए । पहिलो चरणको कार्यक्रमअन्तर्गत जेठ ४ गते १५ जनाले रक्तदान गरेका थिए ।

पतञ्जली योग समिति दाङका उपाध्यक्ष शिवकुमार आचार्यको अध्यक्षता तथा पतञ्जली योग समिति प्रदेश नम्बर ५ का सल्लाहकार डाक्टर अरुणकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा आठजनाले रक्तदान गरेका थिए । जसमा संगीता शाही, हुर्मतकुमार डाँगी, हरि कँडेल, सुमित्रा विक, यमुना पौडेल, विना केसी, विवेक कँडेल, मिथुला श्रेष्ठलगायतकाले रक्तदान गरेका थिए ।

ब्लड बैंक तुलसीपुरको प्राविधिक सहयोग तथा पतञ्जली योग रोग निवारण केन्द्रले तुलसीपुरको व्यवस्थापनमा रक्तदान कार्यक्रम गरिएको हो ।

प्रकाशित मिति : २०७६ जेष्ठ १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *