२०८३ असार २८ गते आइतवार

प्यूठानमा सिंहको नेतृत्वमा मदन भण्डारी फाउन्डेसन


प्यूठान, १८ जेठ ।
प्यूठानका यूवा नेता अजयसिंहको नेतृत्वमा मदन भण्डारी फाउण्डेसन गठन भएको छ । हालै विजुवारमा सम्पन्न प्रथम भेलाले सिंहको नेतृत्वमा ३८ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो । फाउन्डेसनको सचिवमा पूर्व एमाले जिल्ला सचिव एवं नेकपा नेता मोहन जिसी सर्वसम्मत निर्वाचित भएका छन् ।

जिल्ला सदस्यमा विनोद वली, बसन्त जिसी, विष्णु केएम, विजय सिंह, निमानसिंह केसी, भानु भट्टराईलगायतका छन् । नेकपाको जिल्लामा निरन्तर क्रियाशील र पाका नेताहरु सदस्यमा निर्वाचित भएको फाउन्डेसनले जनाएको छ । जिल्ला भेलामा बोल्दै प्रमुख अतिथि नेकपाका स्थायी कमिटी सदस्य मणि थापा र फाउण्डेसनका केन्द्रीय उपाध्यक्ष धु्रव आचार्यले मदन भण्डारीले प्रतिवादन गरेको जनताको वहुदलीय जनवादको मार्गनिर्देश अनुसार अघि बढ्न सुझाए ।

मदन भण्डारीको भौतिक शरीर नभए पनि उनले देखाएको बाटोमा लगनशील भएर लाग्न नेता, कार्यकर्ताहरुलाई आग्रह गरे । नेकपाले सञ्चालन गरेको दुई तिहाई बहुमतको सरकार सञ्चालन मदन भण्डारीले लिएकै जवजको उपज भएको नेताहरुले बताएका छन् । जवजकै कारण बहुसंख्यक नेपालीहरु नेकपामा क्रियाशील रहेका बक्ताहरुले सुनाए ।

नवनिर्वाचित फाउण्डेसनका जिल्ला अध्यक्ष अजय सिंहले फाउण्डेसनलाई जिल्लाको नौवटै स्थानीय तहमा विस्तार गर्ने योजना सुनाए । उनले जननेता मदन भण्डारी सपनालाई पूरा गर्न फाउण्डेसनलाई क्रियाशील बनाई राख्ने उल्लेख गरे ।

प्रकाशित मिति : २०७६ जेष्ठ १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *