२०८१ बैशाख २२ गते शनिवार

जसपा महरा सरकारबाट बाहिरियो


दाङ, बैशाख ९ ।लुम्बिनी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी बाहिरिएको छ।

नेकपा माओबादी केन्द्रका नेतासमेत रहेका मुख्यमन्त्री जोखबहादुर महरा सरकार गठनका क्रममा गरेको सहमति कार्यान्वयन नगरेको भन्दै जसपाका संसदीय दलका नेता समेत रहेका कृषी तथा भूमी व्यवस्थामन्त्री भण्डारीलाल अहिरले १५ दिनमै मन्त्रीबाट राजिनामा दिएका हुन ।


जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले महराले आफ्नो पार्टीलाई दुइवटा मन्त्री दिने सहमति गरेपनि एउटा मात्र मन्त्री दिएको हुँदा सरकारबाट बाहिएको बताए । तीन सांसद रहेको जसपा सरकारबाट बाहिरिएपनि उस्ले महरा नेतृत्वको सरकारलाई दिएको समर्थन भने यथावत नै छ ।

सहमति विपरित मुख्यमन्त्री महरा चल्न खोजेको हुँदा आँफुहरुले सरकार छाड्ने निर्णय गरेको अध्यक्ष यादबले जानकारी दिए ।


चैत २२ गते सत्तासाझेदार दलहरुबीचमा जसपालाई सहरी विकास तथा पर्यटन मन्त्रालय र कृषि तथा भूमी व्यवस्था मन्त्रालय दिने सहमति भएको भएपनि मुख्यमन्त्री महरा त्यस बिपरित चल्न खोजेको हुँदा आँफुहरु सरकार बाट बाहिरीने निर्णयमा पुगेको अध्यक्ष यादबले जानकारी दिए ।

मुख्यमन्त्री महरा जसपाका तीनसहित ४८ सांसदको समर्थनमा चैत २३ मा मुख्यमन्त्री नियुक्त भएका थिए । लुम्बिनीमा मुख्यमन्त्री बन्न ४४ सांसद चाहिन्छ ।

प्रकाशित मिति : २०८१ बैशाख ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *